४० करोडको वैदेशिक रोजगार बचतपत्र जारी

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने तयारी गरेको छ । बचतपत्रको बिक्रि माघ १० गतेदेखि सुरु भएको छ । वैदेशिक रोजगार बचतपत्र यस आर्थिक बर्षमा दोश्रो पटक निष्कासन गरिएको हो ।

ब्याज दर १० प्रतिशत नै तोकिएको छ। यो ब्याज दर निजी क्षेत्रका बैंकहरूले दिनेभन्दा कम हो। बैंकहरूले १०.२५ देखि १०.३५ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

यसअघि २० करोडको निष्कासन खुला गरेको राष्ट्र बैंकले यसपाली ४० करोडको निष्कासन गरेको छ। ऋणपत्रको साँवा २०८१ चैतसम्म भुक्तानी हुने छ। ब्याज रकम भने प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ।

वैदेशिक रोजगारीमा रहेका परिवारले घटिमा १० हजार र बढिमा १० हजारले भाग गर्दा शेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले वा आफू वा आफ्नो परिवारको सदस्यहरू बुबा, आमा, श्रीमान्, श्रीमती र छोराछोरीको नाममा खरिद गर्न सक्नेछन् । यसअघि वैदेशिक रोजगार बचतपत्रमा खासै आकर्षण देखिने गरेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय