कतारका नेपाली व्यवसायीद्धारा सहुलियत दिन आग्रह

कतारमा कार्यरत नेपाली व्यवसायीले कतारमा श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिन कतार स्थित नेपाली राजदूतलाई आग्रह गरेका छन् । कतारमा कार्यरत नेपाली व्यवसायीहरुको संस्था नेपाल व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई भेटेर यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले राजदूत भारद्वाजलाई एक पत्र बुझाउँदै नेपालबाट रोजगारीको शिलशिलामा कतार आउजाउ गर्दा विभिन्न पेशामा रोजगारी गर्न कामदारको रुपमा कतार आएका र यहाँ रहदै बस्दै गर्दा आफ्नै व्यवसाय शुरुवात गरि धेरै नेपालीहरु व्यवसायीमा रुपान्तरण भएको व्यहोरा अवगत गराइएको छ ।

पत्रमा भनिएको छः हाल नेपाल सरकार श्रम तथा रोजगार विभागले श्रम स्वीकृतिमा कडाई गर्दै लाइसेन्स देखाउनु पर्ने, पहिलाको पद, नाम र हालको पद, नाममा फरक पर्ने भएमा रोजगार करार देखाउनु पर्ने, श्रम कार्यालयमा स्वयं उपस्थित हुनु पर्ने लगायतका झञ्झटिलो प्रक्रिया लागु गरेको छ । सीमित समयमा धेरै व्यवसायिक कामहरु गरेर पटक–पटक यात्रा गरिरहनुपर्ने व्यवसायीहरु ति झञ्झटिला तर बाध्यात्मक प्रक्रियाको कारण श्रम स्वीकृति लिन कठिनाई भोग्न बाध्य भएको पत्रमा उल्लेख छ ।

व्यवसायी पहिचानको मुख्य आधार कतारको कम्पनी रजिष्टार प्रमाणपत्रमा नाम उल्लेख हुनु भएका कारण सोही कुरालाई आधार मानेर वा कुनै परिचयपत्र जारी गरेर अथवा व्यवसायीहरुको आधिकारिक सूची तयार गरेर कार्यान्वयन गर्न सकिने र त्यसको लागि नेपाली व्यवसायी संघ कतार आवश्यक समन्वय र सहजिकरण गर्न सदैव तत्पर रहेको व्यवसायीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस् नेपालमा सवैभन्दा धेरै चिनियाँ कामदार, ८७ देशका नागरिकले काम गर्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय