मलेशियाको डव्लुआरपी कम्पनी संकटः सुरक्षा गार्ड राखेर जनही ५ सय रिंगिट

मलेशियामा आफ्नो कम्पनीमा कार्यरत श्रमिकलाई लाखौं रकम तिर्न बाँकी रहेको डव्लुआरपी( ग्लोव उत्पादक कम्पनी) ले शुक्रवार सुरक्षा गार्ड राखेर केहि श्रमिकलाई जनही ५ सय रिंगिटका दरले उपलव्ध गराएको छ । मुख्यगरी नेपाली, बंगलादेशी, ईण्डोनेशियन श्रमिक काम गर्ने सो कम्पनी आर्थिक संकटमा छ ।

श्रमिकलार्ई दिनुपर्ने तलव समेत बाँकी राख्दै आएको सो कम्पनीको बदमासी सार्वजनिक भएसँगै अमेरिकाले सो कम्पनीले उत्पादन गर्दै आएको ग्लोवमा प्रतिवन्ध लगाएपछि कम्पनीको आर्थिक संकट बढेको हो । खराव व्यवस्थापन गरेको भन्दै कम्पनीका मुख्य कार्यकारी अधिकृतलाई यसअघि नै बर्खास्त गरिसकिएको छ ।

शुक्रवार बाँकी रकम पाइने आशमा सयौं श्रमिक दिनभरी कम्पनी परिसरमा भेला भएका थिए । तर त्यसरी भेला भएकाहरुलाई सवैलाई शुक्रवार नै रकम दिन नसक्ने भन्दै कम्पनीले केहि व्यक्तिलार्ई जनही ५ सय रिंगिट उपलव्ध गराएको थियो । बाँकीलाई सोमवार र मंगलवार रकम उपलव्ध गराउने बताएको सो कम्पनीमा कार्यरत नेपालीहरुसँग नियमित रुपमा सम्पर्कमा रहेका रमेश कुमार चौधरीले बताएका छन् । उनका अनुसार शुक्रवार केवल ७/८ जना नेपालीले मात्र रकम पाएका छन् । अन्यलाई सोमवार रकम दिने भनिएको छ ।

कम्पनीले ५ सय रिंगिटका दरले मात्र रकम उपलव्ध गराउन थालेपछि आफूहरुले पाउनुपर्ने सवै रकम दिन भन्दै श्रमिक धर्ना बसेका थिए । सो कम्पनीमा २ सय भन्दा धेरै नेपाली कार्यरत रहेको बताइएको छ ।

सो कम्पनीले नेपाली लगायतका कामदारलाई भिसा नथपि नेपाल फर्काउन थालिसकेको छ । यसअगाडी नै १४ जना नेपाली नेपाल फर्किसकेका छन् भनें अन्य ४३ जनालाई दुईतीन दिन भित्रमा नेपाल फर्काउने गरी तयारी भएको यसअगाडी नै सार्वजनिक भइसकेको छ । तर कम्पनीका प्रतिनिधिहरुले भनें आगामी सोमवार कम्पनी पुरै बन्द हुने वा सञ्चालन हुने निर्णय हुने भन्दै सो दिनसम्म पर्खिन आग्रह गरेको सोहि कम्पनीमा कार्यरत भूमिराम थारुले बताएका छन् ।
यो पनि पढ्नुहोस् नेपालकै बाटोमा बंगलादेश स् मलेशिया आउने कामदारसँग शुल्क नलिन दवाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय