म विगतको जस्तो कटुता बढाउने पक्षमा छैनः श्रम मन्त्री यादव
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफू विगतको जस्तो कटुता बढाउने पक्षमा नरहेको बताएका छन् । उनले कतिपय विषयमा रहेका अस्पष्टता र कानूनी जटिलता हटाउन कानून संशोधन गर्न समेत आवश्यक रहेको बताए । मन्त्री यादवले संविधानले गरेको व्यवस्थालाई व्यवहारमा लागु गर्न आवश्यक रहेको धारणा राखे ।

बैदेशिक रोजगार बोर्डले आयोजना गरेको छलफलमा बोल्दै मन्त्री यादवले आफू श्रम र रोजगारको विषयमा विद्यार्थी नै रहेको भन्दै आफूले सिक्दै जाने बताए ।

सो अवसरमा श्रम मन्त्रालयका सचिव विनोद केसीले सरकारको नीति नै वैदेशिक रोजगारलाई बाध्यताको नभई स्वेच्छिक बनाउने रहेको दोहोर्याए । उनले नेपालमा नै विकासका धेरै काम हुने भएका कारण स्वदेशी श्रम बजारमा नै जनशक्ति खपत हुने भन्दै हाल समेत ठूलो संख्यामा विदेशी नागरिकले नेपालमा काम गरिरहेको बताए । त्यो रोजगारीमा नेपालीलाई संलग्न गराउन सक्दा पनि ठूलो संख्यामा नेपाली जनशक्तिले काम पाउने भएका कारण सरकारले सीप विकासमा विशेष कार्यक्रम अगाडी बढाउने जानकारी दिए ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले वैदेशिक रोजगारलाई कामदारमैत्री बनाउनुको बिकल्प नभएको बताए । उनले वैदेशिक रोजगारको सामाजिक मुल्यलाई कम गर्दै विदेशमा सिकेर आएको सीप र पुँजीको उपयोग गर्न आवश्यक रहेको बताए ।

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगाना , आप्रवासन विज्ञ रामेश्वर नेपाल, पूर्व सचिव पूर्णचन्द्र भट्टराईले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय