सामाजिक सुरक्षा कोष र चारवटा अस्पतालवीच समझदारी

काठमाडौँ, पुष १७-

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्तालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न पहिलो चरणमा चार अस्पतालसँग समझदारी (एमओयू) गरेको

कोषले काठमाडौँको मित्रपार्कस्थित दीर्घायू गुरु अस्पताल, चाबहिलस्थित हेल्पिङ हेण्डस् अस्पताल, जोरपाटीको नारायणटारस्थित शङ्खरापुर अस्पताल सिन्धुपाल्चोकको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालसँग एमओयू गरेको हो बुधवार आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली सम्बन्धित अस्पतालका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्   

सामाजिक सुरक्षामा सामेल भएका योगदानकर्ताको स्वाथ्योपचारसम्बन्धी सेवा ती अस्पतालले प्रदान गर्नेछन् अर्को सातादेखि देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालसँग योगदानकर्ताको स्वास्थ्योपचार गर्नेसम्बन्धी समझदारी गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए स्वास्थ्य बीमा बोर्डको उपचारसम्बन्धी दरलाई नै आधार मानेर ती अस्पतालसँग समझदारी गरिएको हो

सो अवसरमा कोषका कार्यकारी निर्देशक ज्ञवालीले योगदानकर्तालाई सहज रुपमा सेवा उपलब्ध गराउन मुलुकका सबै अस्पतालसँग समझदारी गरिने बताए योगदानकर्ताको औषधोपचारको खर्च दाबी गर्ने प्रक्रियालाई पनि अनलाइन प्रणालीमा लगिएको उनको भनाइ थियो मुलुकभरका सबै अस्पताललाई कोषमा आबद्ध गराएर योगदानकर्तालाई सहजै सेवा उपलब्ध गराउनु अवको प्रमुख उद्देश्य हो”, उनले भने

कार्यक्रममा शङ्खरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालले सामाजिक सुरक्षा कार्यक्रम अत्यन्त सकारात्मक रहेको भन्दै  निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताए उनले स्वास्थ्य उपचारको दरलाई समयानुकूल समायोजना गरेर जान कोषलाई सुझाव दिए  

सरकारले गत मङ्सिर ११ गते नयाँ युगको शुभारम्भ स्वरुप योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो सो योजना गत साउन गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा आएको यसअवधिमा योजनामा सहभागी भएर मृत्यु भएका दुई योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गर्दै आएका छन्

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनालगायत चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको कोषले सञ्चालनमा ल्याएका दुई योजनाको महत्वपूर्ण पक्षका रुपमा स्वास्थ्य संस्था रहेका छन् हालसम्म कोषमा १२ हजार रोजगारदाता, एक लाख ३५ हजार श्रमिक सूचीकृत भएका छन् यस्तै करिब ३६ करोड योगदान रकम सङ्कलन भएको रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय