एउटै गाउँपालिकाबाट १ सय ४२ जना इराकमा, महिला धेरै

सिन्धुपाल्चोक, पुष १७-

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा बालबालिकालाई छोडेर एकै घरका महिला पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको नेपाल सरकारले खुला नगरे पनि दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक पुग्ने त्यहाँका १४२ मध्ये ९८ जना महिला रहेको माइती नेपालले गरेको सर्वेक्षणबाट पत्ता लागेको हो

प्रमुख रुपमा तामाङ शेर्पाको बसोवास रहेको उक्त वडाका महिलाको यसअघि प्रमुख गन्तव्य चीनको खासा बजार रहेको थियो तर २०७२ सालको भूकम्पबाट तातोपानी नाका बन्द भएपछि उनीहरुको लागि खाडीलगायतका मुलुक प्रमुख गन्तव्य बनेको माइती नेपालका जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिइन्

इराकमा काम गर्दा अमेरिकी डलरमा राम्रो कमाइ हुने युरोप तथा अमेरिका जान सहज हुने भएकाले दलालमार्फत भारत भएर नेपाली जाने गरेको वडाध्यक्ष सुपा लामाले बताए पालिकामा निर्वाचित भएर आएपछि श्रम स्वीकृति पाएका देशमा रोजगारीमा जाने व्यक्तिले अनिवार्य वडा कार्यालयमा सल्लाह लिन आउनुपर्ने त्यसबापत प्रतिव्यक्ति रु १०००÷दिने निर्णय गरे पनि कोही नआएको हुँदा ०७४र७५ मा विनियोजीत रकम दुई लाख बजेटफ्रिजभएको वडाध्यक्ष लामाले जानकारी दिए उनका अनुसार त्यहाँका थुप्रै युवायुवती रोजगारीको सिलसिलामा इराकका साथै कुवेत, अष्ट्रेलिया, जापान अमेरिकामा रहेका छन् विदेश जान राहदानी लिनेमध्ये ४० प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कबाट देखिन्छ

विगतका वर्षमा देशका विभिन्न भागबाट चीनको खासामा मानव तस्करीमा वृद्धि हुन थालेपछि रोकथामको लागि तातोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो भूकम्पबाट लामो समयसम्म नाका बन्द भएपछि नाकाबाट हुने सबै काम अरनीको राजमार्गको बन्देउमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको बन्द भएको पाँच वर्षपछि नाका सञ्चालनमा आए पनि चीनले सर्वसाधारणलाई खासा प्रवेशमा कडाइ गरेपछि  माइती नेपालले आफ्नो कार्यालय सन् २०२० को पहिलो दिनबाट बन्द गरिएको संयोजक घिमिरेले बताइन् रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय