मलेशियाले अवैधानिक रुपमा बसेकाहरुलाई स्वदेश फर्काउन विशेष अभियान सुरु गर्दै 

क्वालालम्पुर, पुष १४-

मलेशियाले अवैधानिक रुपमा आफ्नो मुलुकमा बसिरहेका विदेशी कामदारलाई उनीहरुकै मुलुक फर्काउन सन् २०२० मा विशेष अभियान सञ्चालन हुने बताएको छ । सो अभियानले मलेशियामा अवैधानिक रुपमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने मलेशियाका गृहमन्त्री मुहिईद्धिन यासिनले बताएका छन् । 

स्थानीय सञ्चार माध्यमका अनुसार उनले अवैधानिक रुपमा बसिरहेकाहरुलाई हटाएर शुन्य बनाउने नीति मलेशियाको रहेको बताएका छन् । यसका लागि वृहत योजना बनाउने काम भइरहेको गृहमन्त्री यासिनले बताएका छन् । यसका लागि विभिन्न मन्त्रालयहरु तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वयात्मक रुपमा काम भइरहेको र विशेष कानूनी तयारी भइरहेको उनले बताएका छन् ।

यसका लागि ५ बर्षे रणनीति बनाएर हरेक बर्ष अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारको संख्या घटाउँदै लैजाने मलेशियाको तयारी छ । यसैगरी अवैधानिक रुपमा मलेशिया प्रवेश गर्नेहरुलाई पनि निरुत्साहित गर्दै त्यसलाई नियन्त्रणमा राखिने पनि उनले बताएको मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माले समाचार प्रेशित गरेको छ ।

मलेशियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई उनीहरुकै देश फर्काउन सरकारले अगाडी सारेको व्याक फर गुड कार्यक्रमले अवैधानिक रुपमा बस्नेहरुका विषयमा केहि आँकलन गर्न सघाएको पनि गृहमन्त्री यासिनले बताएका छन् । सो कार्यक्रम मार्फत कम्तीमा ३ लाख व्यक्ति स्वदेश फर्किने मलेशिया सरकारको अपेक्षा छ । मलेशियाको अध्यागमन कार्यालयको तथ्याङक अनुसार डिसेम्वर १५ सम्ममा सो कार्यक्रम अन्तर्गत सहभागि भएर स्वदेश फर्किन आवेदन दिनेहरुको संख्या १ लाख ३० हजार मात्र छ । सो कार्यक्रमको समय डिसेम्वर ३१ को मध्यराती सकिंदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय