श्रम ऐन र सामाजिक सरक्षा ऐन कार्यान्वयन नगरे दण्डः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, पुष १२-

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताएका छन् उनले अव रोजगारदाताहरुको तर्फबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि आफूमा रहेको संकिर्णयता, परम्परागत सोचाईलाई त्याग्न आवश्यक रहेको बताए

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) को चौथो श्रम संसदमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले भनेश्रम ऐनको प्रभावकारी कार्यान्वयनमा कुनै छुट छैन यदि त्यसको प्रभावकारी कार्यान्वयन नगर्नु दण्डनिय हुन्छ

उपप्रधानमन्त्री पोखरेलले हिजो हामी लोकतन्त्र प्राप्तीका लागि लड्यौं तर अहिले भनें लोकतन्त्र भित्र लड्दै छौं भन्दै लोकतन्त्रका लागि लड्ने जसरी होइन लोकतन्त्र भित्र लड्ने तरिकाले अव लड्नु आवश्यक रहेको धारणा राखे   

उनले सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा रहेको उल्लेख गर्दै त्यसका लागि वटा क्षेत्रहरु तोकिएको प्रष्ट पारे त्यसका लागि कृषि, पर्यटन, शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधारको विकास लगायतका क्षेत्रहरु प्राथमिकतामा रहेको भन्दै यसमा सहयोग गर्न आग्रह गरे  

जेटीयूसीसीले अगाडी सारेका प्रस्तावहरुलाई आफ्नो समर्थन रहेको भन्दै उपप्रधानमन्त्री पोखरेलले तिनिहरुलाई कार्यान्वयन गराउन रचनात्मक जनदवाव आवश्यक रहेको बताए जेटीयूसीसीले विविधतामा एकताको नाराका साथ अगाडी बढाएको काम  प्रति लक्षित गर्दै उनले भनेराम्रो कामको थालनी गर्नु आफैंमा राम्रो हो, यसलाई उचित रुपमा अगाडी बढाउनु उत्तिकै महत्वपूर्ण यो काममा नेपालका ट्रेड यूनियनहरु सफल देखिएका छन्   

सो अवशरमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले उद्योगको विकासमा श्रमिकको भूमिका महत्वपूर्ण हुने भन्दै रोजगारदाता श्रमिकलाई शरिर मुटुको रुपमा व्याख्या गरे

सचिव केसीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका विषयमा उठाएको प्रश्नलाई सामान्य समस्या भन्दै त्यसको समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए उनले श्रमिकहरुलाई कोषमा सूचिकृत हुन आव्हान गर्दै सो कोषमा संकलन हुने रकम सरकारको कुनै कोषमा नजाने स्पष्ट पारे कोषको रकम दुरुपयोग हुन्न भन्दै उहाँले उल्टै कोषमा रकमको कुनै समस्या परेमा सरकारले थप्ने बताए रोजगारदाताहरुले श्रमिक नैै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत हुन मानेनन् भनिरहेको भन्दै के तपाईहरु जान नचाहनु भएको हो ? भन्ने प्रश्न गरे उनले यसमा कुनै संशय नराखि योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा सामेल हुन आव्हान गरे सुरु हुँदै गर्दा कोषलाई विकसित हुन नदिने प्रयास हुँदैछ भन्दै सचिव केसीले यसमा सजग हुन आग्रह गरे  

सो अवसरमा रोजगारदाताहरुका तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले श्रम ऐन, सामाजिक सुरक्षा ऐन आउनमा जेटीयूसीसीको भूमिका ठूलो रहेको धारणा राखे उनले रोजगारदाता ट्रेड यूनियन एउटै मञ्चमा बस्नै नसक्ने अवस्थाबाट छलफलका लागि बस्ने वातावरण बन्नुमा जेटीयूसीसीको पनि भूमिका रहेको बताए

सामाजिक सुरक्षाको कुरा गर्दा करिव १२ हजार उद्योग प्रतिष्ठान लाख ३५ हजार श्रमिक सूचिकृत भइसकेको तर कतिपय नियम कानुन ऐन बनाउँदा व्यवहारमा कार्यान्वयन गर्न केहि प्राविधिक समस्या हुने भन्दै सहकार्यबाट नै अगाडी बढ्न सकिने धारणा राखे उनले रोजगारदाताहरुको सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा प्रतिवद्ध रहेको समेत बताए

जेटीयूसीसीका अध्यक्ष विनोद श्रेष्ठले जेटीयूसीसीको भावि कार्यक्रमका बारेमा बोल्दै सामाजिक सुरक्षा कोषमा रोेजगारदाता, श्रमिकको सूचिकरण योगदान प्रकृयालाई देशव्यापी रुपमा अभियान सञ्चालन गरिने बताए उनले परम्परागत रुपमा रहेका सबै अनौपचारिक श्रम क्षेत्र स्वरोजगार श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गर्र्न अभियान सञ्चालन गर्ने जानकारी दिए

अध्यक्ष श्रेष्ठले श्रम ऐन २०७४ को  दफ १४५ को अपव्याख्या गर्दै नेपाली श्रमिक कटौती गर्ने, विदेशी श्रमिक भर्ना गर्ने कार्यरत श्रमिकहरुलाई आउटसोर्समा परिणत गर्ने तथा जग्गा प्लटिङ्ग गर्ने उद्देश्यले कम्पनी बन्द गर्ने रोजगारदातामाथि कारबाहीको लागि पहल गर्ने पनि बताए

उनले राज्यका सवै निर्वाचित तथा निति नियम बनाउने निकायमा कम्तीमा १० प्रतिशत श्रमिक प्रतिनिधित्वको व्यवस्था गराउन निरन्तर पहल गर्ने पनि जानकारी गराए यसैगरी केन्द्र तथा प्रादेशिक तहमा द्धिपक्षिय, त्रिपक्षिय वा बहुपक्षिय सामाजिक सम्वाद संयन्त्रहरु गठन ट्रेड यूनियनको प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर पहल गरिने पनि जानकारी दिए    

कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मण बस्नेत, एनटीयूसीका अध्यक्ष पुश्कर आचार्य, महिला कमिटी अध्यक्ष सुधा दहाल लगायतले मन्तव्य राखेका थिए दुई दिनसम्म चलेको श्रम संसदले जेटीयूसीसीको नयाँ नेतृत्व चयन गरेको जेटीयूसीसीको आगामी एक बर्षका लागि एनटीयूसीसी अध्यक्ष पुश्कर आचार्य अध्यक्ष चयन भएका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय