
काठमाडौं, पुष १०-
कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा कतार स्थित केन्द्रिय कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका ९ जना नेपाली कैदीबन्दीहरुलाई रिहा गरेको छ । कतार सरकारले उनीहरुलाई आममाफी सहित रिहा गरेको कतार स्थित नेपाली दूतावासले जनाएको छ ।
यसरी आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन उनीहरुलाई नेपाल फिर्ता पठाउन राखिएको डिपोर्टेशन सेन्टरमै राजदूतावासबाट अधिकृत कर्मचारी खटाई ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनालाई बुधवार नै भेटघाट गरी उनीहरुको नाममा यात्रा अनुमति पत्र जारी गरिएको दूतावासले जनाएको छ ।
यसरी रिहा हुनेहरु को हुन् र उनीहरु कुन कसुरमा थुनामा थिए भन्ने विषयमा भनें दूतावासले कुनै जानकारी दिएको छैन ।