‘ईल्लिगल’ बसिरहेकाहरुलाई आममाफीको समय बढ्दैनः मलेशिया

क्वालालम्पुर, पुष ९-

मलेशिया सरकारका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी(व्याक फर गुड) कार्यक्रमको समय नथपिने स्पष्ट पारेका छन् मलेशियाका अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले सो कार्यक्रमको समय नथपिने भन्दै समयमै स्वदेश फर्किनु उचित हुने सल्लाह दिएको स्थानीय सञ्चार माध्यमले लेखका छन्

यसैबीच मलेशियामा अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई सहज रुपमा स्वदेश फर्किन यहाँको सरकारले ल्याएको कार्यक्रम व्याक फर गुड(बीफोरजी) कार्यक्रम सकिनै लाग्दा कागजात बनाउन दैनिक हजारौं व्यक्तिले आवेदन दिन थालेका छन् मलेसियाको अध्यागमन कार्यालयहरुको तथ्याँक अनुसार सो कार्यक्रमको समय सकिन अव केवल एक हप्ता पनि बाँकी नरहेको अवस्थामा ठूलो भीड लाग्न थालेको देखिएको

पेनाङ्ग स्थित अध्यागमन कार्यालयले दुई दिनमा हजार सय व्यक्तिको कागजात बनाएको जनाएको यसैगरी सुभाङ्गजया स्थित कार्यालयले पनि दैनिक सयको हाराहारी व्यक्तिले कागजात बनाइरहेको जनाएको आगामी डिसेम्वर ३१ भित्रमा अरु हजारौं व्यक्तिले कागजातका लागि निवेदन दिने आँकलन गरिएको अध्यागमन प्रमुख दाउदले बताएका छन्

सो कार्यक्रम अन्तर्गत मलेशियाले आफ्नो मुलुकमा अवैैधानिक(कागजातविहिन भएर) रुपमा बसिरहेका विदेशी नागरिकलाई सय रिंगिट जरिवाना तिरेर सहज रुपमा स्वदेश फर्किन अवशर दिएको यसरी स्वदेश फर्किएकाहरु पुनः मलेशिया आउन भनें पाउँदैनन्

गत अगष्टमा सुरु भएर महिनाका लागि मलेशिया सरकारले अगाडी सारेको बीफोरजी कार्यक्रम यसअघिका आममाफी भन्दा तुलनात्मक रुपमा सहज मानिएको सो कार्यक्रम अन्तर्गत हालसम्म पेनाङ्ग स्थित अध्यागमन कार्यालयबाट विभिन्न मुलुकका गरी हजार सय ७८ व्यक्तिले स्वदेश फर्किने कागजात बनाएका छन्

मलेशिया स्थित नेपाली दूतावासले पनि यो कार्यक्रम सुरु भएदेखि नै विभिन्न माध्यमद्धारा प्रचारप्रसार गरी अवैधानिक रुपमा मलेशियामा बस्दै आएका नेपालीलाई घर फर्किन आव्हान गरिरहेको

यसअघि मलेशियाले सन् २०१४ देखि २०१८ सम्म सञ्चालन गरेको आममाफीका क्रममा झण्डैै साढे आठ लाख व्यक्ति स्वदेश फर्किएका थिए यसपटक सो समयमा दिइएको आममाफीको भन्दा न्यून जरिवानमा स्वदेश फर्किने अवशर दिइएपनि अपेक्षाकृत रुपमा धेरै विदेशी नागरिक स्वदेश फर्किएका छैनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: