अवैधानिक रुपमा मलेशियामा बसिरहेकाहरु नेपाल फर्केर पुनः मलेशिया जान नपाउने

काठमाडौं, पुष ७-

मलेशियाले आफ्नो मुलुकमा बसिरहेका विदेशी श्रमिकलाई सहज रुपमा स्वदेश फर्किन दिएको व्याक फर गुड कार्यक्रम अन्तर्गत सहभागि भएर स्वदेश फर्किएकाहरु पुनः मलेशिया जान नपाउने भएका छन् । मलेशिया स्थित नेपाली दूतावासले सो कार्यक्रममा सहभागिहरु पुनः मलेशिया प्रवेश गर्न नपाउने स्पष्ट पारेको छ ।

दूतावासले फेसबुक मार्फत साप्ताहीक रुपमा सञ्चालन गर्ने जानकारीमुलक कार्यक्रममा दूतावासका कर्मचारीहरुले सो जानकारी दिए । दूतावासका अनुसार सो कार्यक्रमको समय सकिन लागेका कारण स्वदेश फर्किन चाहने विदेशी श्रमिकहरुको मलेशियाका अध्यागमन कार्यालयहरुमा लामो लाइन लाग्न थालेको छ । अध्यागमन कार्यालयहरुमा विहान ४/५ बजेदेखि  नै विभिन्न देशका श्रमिहरु लाइन लाग्न थालेका छन् ।

दूतावासले आफूलाई पायक पर्ने स्थानहरुमा गएर तत्काल कानूनी प्रकृया सक्न आग्रह गरेको छ । आगामी डिसेम्वर ३१ भित्रमा सो कार्यक्रममा सहभागि भएर स्वदेश फर्किने व्यवस्था भएका कारण अव छिटो गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासमा ट्राभल डकुमेण्ट बनाउन आउनेहरुको संख्या बढेका कारण दूतावासले शनिवार र आइतवार विदाको दिनमा पनि ति कागजात बनाउने सेवा उपलव्ध गराइरहेको यसअघि नै जानकारी दिइसकेको छ । तर आफ्नो साथमा पासपोर्ट हुनेहरुलाई भनें दूतावास नआई सिधै नजिकैको अध्यागमन कार्यालयमा जान आग्रह गरिएको छ । त्यसरी जानेहरुले आफ्नो साथमा फर्किने हवाई जहाजको टिकट, जरिवाना स्वरुप तिर्नुपर्ने ७ सय रिंगिट र आफ्नो पासपोर्ट लिएर जानु पर्दछ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय