विभिन्न देशमा श्रमिकले मनाए आप्रवासी कामदार दिवस

काठमाडौं, पुष ६-

जिफन्ट सहयोग समुहहरुले विभिन्न मुलुकमा विविध कार्यक्रमहरुका साथ अन्तराष्ट्रिय  आप्रवासी कामदार दिवस, २०१९ मनाएका छन् सो क्रममा कतार, साउदी अरेविया, मलेशिया, बहराइन लगायतका मुलुकहरुमा कार्यक्रमहरु आयोजना गरिए

कतार

कतारमा डिसेम्वर २० का दिन एक कार्यक्रम आयोजना गरिएको थियो प्रवासी नेपाली मञ्च, कतारका अध्यक्ष चानक पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम जिफन्ट सहयोग समुह, कतारका अध्यक्ष भीम तरामु मगरको अध्यक्षतामा सम्पन्न भएको थियो

श्रम आप्रवासनः बाध्यात्मक होईन, इच्छाको बिषय बनाऔ भन्ने नाराको साथमा मनाइएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलका साथै जिफन्ट सहयोग समुह, कतारका प्रमुख सल्लाहकार शेषराज तिमिल्सिना, प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष चनिलाल राजवंशी, सल्लाहकार सदस्य हंसराज ढकाल, कार्यवाहक महासचिव प्रभात त्रिपाठी, पुर्वअध्यक्ष रामहरी गैरे, जनप्रगतिशिल कतारका पुर्वअध्यक्ष  होमनाथ  शर्मा, अधिवेशन आयोजक समितिका संयोजक रकम राई, एनआरएनए, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, उपाध्यक्ष उत्तम गुरुङ, नेपाल पत्रकार महासंघ, कतारका अध्यक्ष  करिम बक्स मियाँले श्रमिकहरुको हकहितको विषयमा आफ्ना धारणा सहित शुभकामना मन्तव्य राखेका थिए

यसैगरी मोहम्मद रमजान अलि मियाले सो अवसरमा कतारमा कार्यरत श्रमिकहरुका सम्वन्धमा कतारको पछिल्लो पटक जारी भएको कानून ल्याउने तयारीमा रहेका कानूनको बारेमा जानकारी गराए

जनसंगित मञ्च कतारको तर्फबाट गितसंगित प्रस्तुत कार्यक्रममा सहभागिहरुलाई जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटुवालले स्वागत गरेका थिए

कुवेत

कुवेतमा पनि अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको स्थानीय कुवेत ट्रेड यूनियनको संयोजनमा जिफन्ट सहयोग समुह, कुवेतले सोलिडारिटी सेण्टरसँग मिलेर दिवस मनाएको हो केक काटेर मनाइएको सो कार्यक्रममा जिफन्ट, कुवेतका संयोजक गणेश रावतसँगै कुवेस्थित घाना दूतावासका कन्सुलर अधिकृत स्यामुएल, सोलिड्यारिटी सेण्टरका अव्दुल रहमान लगायतलाई सम्मान गरिएको थियो  

साउदी अरव

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा साउदी अरवको दमाममा पनि जिफन्ट सहयोग समुह, साउदी अरवले कार्यक्रम आयोजना गरेको डिसेम्वर २० का दिन आयोजित कार्यक्रम साउदी अरवस्थित नेपाली दूतावासका श्रम सहचारी अम्विका अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि अधिकारीले सहभागिहरुका जिज्ञासाको समाधान पनि गरे उनले नेपाल सरकारले बनाएको पछिल्लो नियम कानूनका बारेमा जानकारी गराउँदै सो अनुरुप कागजात बनाएर छुट्टीमा नेपाल जान तथा कानूनले तोके अनुसारको तलव, सुविधामा मात्र दूतावासले मागपत्र प्रमाणिकरण लगायतको काम गर्ने स्पष्ट पारे

कार्यक्रममा जिफन्ट सहयोग समुह, साउदी अरवका संरक्षक शम्शेर तामाङ, जिफन्ट, साउदी अरवका बरिष्ठ उपाध्यक्ष अजित कुमार राई, आर्थिक सचिव रमेश मगर लगायतले मन्तव्य राखेका थिए

सो अवसरमा जिफन्ट सहयोग समुह, साउदी अरवका अध्यक्ष बुद्दिमान विश्वकर्माले जिफन्टले गर्दै आएका कामका बारेमा प्रकाश पारे उनले श्रमिकले भोग्दै आएको स्वास्थ्य समस्याका बारेमा चर्चा गर्दै त्यसको न्यूनिकरणका लागि काम गर्नुपर्नेमा जोड दिए कार्यक्रममा विभिन्न संघसंगठनका प्रतिनिधिहरु, पत्रकार लगायत सहभागि थिए

मलेशिया

जिफन्ट सहयोग समुह, मलेशियाले पनि अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को अवसरमा एक कार्यक्रम आयोजना गर्यो डिसेम्वर २२ का दिन क्वालालम्पुरमा आयोजित कार्यक्रम अखिल नेपाल महिला संघकी पूर्व सचिव कल्पना रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो

कार्यक्रममा प्रमुख अतिथि रिजाल, प्रवासी नेपाली एकता मञ्च, मलेशियाका अध्यक्ष राजेन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए कार्यक्रममा मलेशियाका विभिन्न राज्यमा कार्यरत नेपाली श्रमिकहरु सहभागि थिए

यसअघि नै जिफन्ट सहयोग समुह बहराइनले डिसेम्वर १३ का दिन स्थानीय ट्रेड यूनियनसँगको सहकार्यमा दिवस मनाइसकेको मुलुकका प्रतियोगि सहभागि कार्यक्रममा नेपाली प्रतिस्पर्धीले नृत्यमा प्रथम स्थान हासिल गरेका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय