श्रम रोजगार पत्रकार समूह गठन

काठमाडौं, पुष २-

श्रम रोजगारको क्षेत्रमा कार्यरत पत्रकारहरु संगठित भएका छन् देशपरदेश डट कमका सम्पादक सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय श्रम रोजगार पत्रकार समूहको तदर्थ कमिटी गठन भएको हो

समूहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट कमका मनोज पराजुली कोषाध्यक्षमा गोरखापत्र दैनिकका सिता शर्मा रहेका छन्

यसैगरी सदस्यहरुमा कारोबार दैनिकका गोपाल संग्रौला, काठमाडौँ पोष्टका चन्दन कुमार मण्डल, अनलाइन खबरका रविन्द्र घिमिरे, स्वतन्त्र रुपमा कार्यरत पत्रकारहरु रीतु थेवे, उजिर कार्की तथा उज्यालो नेटवर्कका सञ्जिता देवकोटा रहेका छन्

अन्तराष्टिय आप्रवासी कामदार दिवसको अवसर पारेर डिसेम्वर १८ का दिन राष्टिय मानव अधिकार आयोगमा आयोजित एक कार्यक्रमकावीच समूहको तदर्थ कमिटीको जानकारी गराइएको हो

सो अवसरमा आयोगका सदस्य सुदीप पाठक, पूर्व सचिव पूर्णचन्द्र भट्टराई, सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सरु जोशी श्रेष्ठ, सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका सदस्य संस्थाका प्रतिनिधिहरु, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुंग, अध्यक्ष विष्णु प्रसाद गैरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: