खवरदार, सामाजिक सुरक्षामा तलमाथि हुन्नः मजदुर यूनियन

काठमाडौं, पुष १-

नेपालको सवैभन्दा ठूलो मजदुर संगठन जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा कसैले तलमाथि पार्न नसक्ने भन्दै त्यसको कल्पना पनि नगर्न चेतावनी दिएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले यसका बारेमा कसैलाई अण्टसण्ट बोल्ने अधिकार समेत नभएको बताए

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले मन्त्री फेरिदैमा कुनै कार्यक्रम नफेरिने भन्दै यो त्रिपक्षिय सहमतिमा आएको कार्यक्रम भएको स्पष्ट पारे उनले सामाजिक सुरक्षा कार्यक्रम कसैको निगाहमा प्राप्त नभएको यसका लागि लामो समय लडाई लड्नु परेको बताए   उनले रोजगारदाताहरु यसलाई असफल बनाउन लाग्ने हो भनें आफूहरुले पनि श्रम ऐनको हायर एण्ड फायर सम्वन्धी व्यवस्था नचिन्ने बताए उनले सहमतिको दस्तावेजलाई सहमतिका साथ नै अगाडी बढाउन आग्रह गरे

नयाँ श्रम मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा कोषका विषयका साँधेको मौनतामा पनि जिफन्ट अध्यक्ष श्रेष्ठको असहमति थियो एउटा मन्त्री फेरिंदैमा यस अगाडी गरिएका सवै व्यवस्था खारेज हुन्छन् भन्ने ढंगले प्रस्तुत हुने काम भएको छ” अध्यक्ष श्रेष्ठले भनेतर त्यो भ्रम कसैले नपाले हुन्छ ।”

उनले नेपालले हाल अवलम्वन गरेको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक रोजगारमा जानेहरुलाई पनि लागु हुनुपर्ने उनीहरुले पनि योगदानका आधारमा पेन्सन पाउने व्यवस्था हुनुपर्ने धारणा राखे नेपालको संविधानले नै स्वदेश विदेशको रोजगारीमा कुनै विभेद नगरेको भन्दै वैदेशिक रोजगारमा जानेहरुलाई छिट्टै सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्ने उनले विचार प्रकट गरे     

युवाजति विदेशमा साधन श्रोत सिमित व्यक्तिको हातमा हुने अवस्था अन्त्यका लागि जिफन्टले यसअघि देखि नै स्वदेशमा नै रोजगारी उपलव्ध गराउनु पर्ने धारणा राखेको उनले बताए

सो अवसरमा रिटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट फर्केकाहरुले प्राप्त गरेको ज्ञान, सीप नेपालमा उपयोग गर्नुपर्ने धारणा राखे यसैगरी माईग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरका बारेमा परियोजना संयोजक सुनिल न्यौपानेले वैदेशिक रोजगार व्यवसायी संस्थाको स्तर निर्धारण कसरी हुन्छ सो कार्यक्रमबाट कसरी वैदेशिक रोजगारमा जानेहरुले लाभ लिन सक्दछन् भनेर जानकारी गराएका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय