विदेशमा हराउने नेपाली मध्ये बहुसंख्यक मलेसिया जानेहरु

काठमाडौं, पुष १-

वैदेशिक रोजगारीमा गएर परिवारसँग सम्पर्कमा नरहने समस्या मलेसिया गएकाहरुमा बढी देखिएको छ । जेल परेर, गन्तव्य मुलुकमा अरुसँग प्रेम सम्वन्धमा रहेर जस्ता कारणले नेपालीहरु नेपालस्थित परिवारसँग सम्पर्कविहिन हुने गरेको देखिएको हो । 

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मा आफन्त खोजिदिन परिवारका सदस्यहरुले दिएको निवेदनका आधारमा यसरी सम्पर्कविहिन हुने मध्ये सवैभन्दा धेरै मलेसिया जानेहरु रहेका छन् । सो संस्थामा सन् २०१३ देखि २०१९ को वीचमा हराएका व्यक्ति खोजिदिन परेका कुल ३ सय ८८ निवेदन मध्ये २ सय व्यक्ति मलेसियामा हराएको देखिएको छ । हराएका ३ सय ८८ मध्ये ७५ जना महिला र बाँकी पुरुष हुन् ।

पिएनसीसीकी कार्यक्रम अधिकृत शान्ति सिंहका अनुसार त्यसपछि साउदी अरेयिबा गएका ६७ जना, कुवेत गएका ४६ जना, संयुक्त अरब इमिरेट्स(युएई) गएका ३२ जना, कतार गएका २२ जना तथा अन्य मुलुक गएका ३० नेपाली परिवारको सम्पर्कमा नरहेको भन्दै खोजविनका लागि निवेदन परेका छन् ।

पिएनसीसीमा परेका ति निवेदन मध्ये २ सय ३१ व्यक्तिको भनें अवस्था पत्ता लागेको छ । ति मध्ये कतिपय परिवारको सम्पर्कमा आएका, कतिपय स्वदेश फर्किएका र कतिपय भनें अवस्था पत्ता लागे पनि घर फर्किन तत्पर नदेखिएका छन् । १  सय ४ जनाको भनें खोजि जारी रहेको सिंहले बताइन् । ५३ जना हराएका व्यक्तिका बारेमा भनें थप जानकारी प्राप्त हुन नसकेका कारण त्यस्ता निवेदन स्थगित अवस्थामा रहेको उनको भनाई छ ।

यसरी परिवारसँग सम्पर्कविहिन भएर बस्नुको मुख्य कारण गन्तव्य मुलुकमा जेलज पर्नु, अन्य व्यक्तिसँग प्रेम सम्वन्ध स्थापित हुनु, तथा परिवारसँगको मनमुटाव हुने गरेको देखिएको छ । यसैगरी गन्तव्य मुलुकमा मृत्यु भएर शव पहिचान नहुनु, दुर्घटनामा परेर अवस्था अज्ञात हुनु, घरेलु कामदारको सन्दर्भमा रोजगारदाताले बन्दी जस्तै बनाउनु लगायत देखिएका छन् ।

पिएनसीसीका अनुसार यसरी संस्थामा निवेदन परेपश्चात सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास, अन्य सामाजिक संघसंस्थाहरु, विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरुको अवस्था पत्ता लगाउने प्रयास गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को अवसरमा पिएनसीसी र आईसीआरसीले आयोजना गरेको कार्यक्रममा देशपरदेश डटकमले निर्माण गरिएका हराएका परदेशी भिडियो प्रदर्शन समेत गरिएको थियो ।

सो अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कृष्ण कुमार सुवेदी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका गिरी प्रसाद आचार्य, मानव बेचविखन अनुसन्धान व्यूरोका डिएसपी सुधिरराज शाही, आइसीआरसीका सन्देश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका शालिकराम तिवारी, पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्की लगायतले वैदेशिक रोजगारमा गएका व्यक्तिहरु हराउने विषय र सो समस्या न्यूनिकरणका लागि गर्नुपर्ने कामका विषयमा आफ्ना धारणा राखेका थिए ।(प्रतिकात्मक तस्वीर)

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/HXHY8fTzruQ” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: