बहराइनमा नेपालीले जिते पहिलो पुरस्कार

 

काठमाडौं, मंसिर २९-

अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को अवसरमा बहराइनमा आयोजित साँस्कृतिक कार्यक्रममा नेपालको कौरा नृत्यले पहिलो पुरस्कार जितेको स्थानीय बहराइन ट्रेड यूनियन(जिएफबिटीयू) ले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा अन्य मुलुकका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालको प्रस्तुतीले पहिलो पुरस्कार जितेको हो

जिफन्ट बहराइनका अध्यक्ष युवराज केसीले दिएको जानकारी अनुसार भारत, फिलिपिन्स, बंगलादेश, केन्या लगायतका मुलुकका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालका गुनराज मगर रेजिना चिनालले प्रस्तुत गरेको कौरा नृत्यले पहिलो पुरस्कार प्राप्त गर्यो  सो नृत्य बुद्ध मोक्तानले कोरियोग्राफी गरेका थिए नेपालका तर्फबाट प्रस्तुत सो नृत्य अन्तराष्ट्रिय कलाकार समाजले प्रस्तुत गरेको हो  

आप्रवासी कामदार दिवसको अवसरमा आयोजित सो कार्यक्रममा खेलाइएका अन्य खेलहरुमा पनि अधिकाँश खेल नेपालीले नै जितेका थिए सो अवसरमा भिजिट नेपाल २०२० को पनि प्रचार गरिएको केसीले बताए सो अवसरमा नेपालीले अन्य गीतहरुमा सामुुहिक नृत्य गर्दै अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाएका थिए

यो पनि पढ्नुहोस वैदेशिक रोजगारमा रहँदा स्वास्थ्यमा ध्यान दिन आवश्यक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: