गोकर्ण विष्ट हटाएकोमा खुशी मनाउँदै मलेसियाली कम्पनी बेष्टिनेट !

 

क्वालालम्पुर, मंसिर २७-

नेपालका श्रम मन्त्री फेरिनुले मलेसियाको कुनै कम्पनीलाई के फरक पार्ला ? त्यसमा खुशी वा दुःखी हुनुपर्ने कुनै कारण हुन सक्ला ? तर यस्तै भएको छ । विदेशी कामदारको स्वास्थ्य परीक्षण लगायतको ठेक्का हत्याएर अरवौं रकम कुम्ल्याईरहेको बेष्टिनेट कम्पनी नेपालमा श्रम मन्त्री फेरिनुमा निक्कै खुशी देखिएको छ ।

न्यू मलेसिया टाइम्सले गोकर्ण विष्टलाई श्रम मन्त्रीबाट निकालिनुको कारण नै मलेसियाको रोजगारी रोक्नु र बेष्टिनेटलाई अवैधानिक करार गर्नु रहेको लेखेको छ । तत्कालिन मन्त्री विष्टको सो काम कानून विपरितको रहेको समाचारमा उल्लेख छ । कुनै विकल्प विना मलेसियाको रोजगारी रोक्नु, नेपालमा भिएलएन लगायतको कामकारवाही रोकेर कतिपयलाई पक्राउ समेत गराएपनि पछि अदालतले उनीहरुलाई निर्दोष सावित गरेपछि मन्त्री विष्ट निकालिएको समाचारमा जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा बुष्ट(रकम हालेर धेरै प्रयोगकर्ताको फेसबुकमा देखि ने बनाउने कार्य) गरिएको सो समाचारमा बेष्टिनेटका प्रमुख  कार्यकारी अधिकृत ईस्माली मोहम्मद नुरले नेपालको अदालतबाट आफूहरुले यसअघि नै सफाई पाई सकेको तथा मलेसियाका मानव संशाधन मन्त्रीले बेष्टिनेटले कुनै गलत कार्य नगरेको भनेर प्रष्टिकरण दिइसकेको भन्दै खुशी प्रकट गरेका छन् ।

यसअघि मानव संशाधन मन्त्री एम कुलासेगरनले विस्तृत अध्ययन, अनुसन्धान पश्चात बेष्टिनेटले कुनै गल्ती गरेको नदेखिएको बताएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । उनले विदेशी कामदारलाई आर्थिक शोषण तथा अवैध रुपमा रकम अन्य मुलुक पुर्याएको अभियोग पुष्टि हुने नदेखिएको बताएको सो समाचारमा जनाइएको थियो । 

नेपाली कामदार लिन लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्दछः मलेसिया 

बेष्टिनेटका नाममा कसरी नेपाली लगायत रोजगारीका लागि मलेसिया आउन चाहने विदेशी कामदारलाई लुटिएको छ भन्ने विषयमा खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको र हिमाल खवर पत्रिकामा छापिएको यो समाचार पढ्नुहोस्  

राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: