‘सामाजिक सुरक्षाका विषयमा देखिएका अन्यौल हटाउँदै प्रभावकारी बनाइने’

 

काठमाडौं, मंसिर १८-

सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा केहि जटिलता देखिएपनि त्यसलार्ई हल गर्दै सरकारले यसलाई प्रभावकारी बनाउने श्रम सचिव विनोद केसीले बताएका छन् उनले यसअगाडी पनि केहि समस्या देखिएपनि तिनिहरुको हल गरिएको नयाँ चुनौतिलाई पनि समाधान गरिने बताए

नेपाल ट्रेड यूनियन काँग्रेस(एनटीयूसी) ले जापानी संस्था जिलाफसँगको साझेदारीमा आयोजित औद्योगिक सम्वन्ध श्रम नीति विषयक दुई दिने छलफल कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सचिव केसीले नेपालमा सरकार, रोजगारदाता तथा ट्रेड यूनियनहरुवीच अत्यन्त सुमधुर सम्वन्ध रहेको बताए उनले नेपाल सरकारको उद्धेश्य असल श्रम सम्वन्ध स्थापित गर्दै राम्रो व्यवसायीक वातावरण निर्माण गर्ने उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने रहेको बताए सचिव केसीले त्यसका लागि त्रिपक्षिय समmदारीमा नेपालमा श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन जारी भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताए उनले नेपालमा रोजगारदाता तथा ट्रेड यूनियन  दुवै पक्ष लचक भएर प्रस्तुत भएकै कारण हाल सुमधुर सम्वन्ध स्थापित भएको यसले मुलुकमा आद्योगिक, व्यवसायीक वातावरण सहज भएको धारणा राखे

सो अवसरमा बोल्दै नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले नेपाल जापानवीच नेपाली श्रमिक लिने विषयमा गत मार्च, २०१९ मा भएको सहमतिको स्मरण गरे उनले सो प्रकृया कार्यान्वयनमा गइसकेको भन्दै आगामी दिनमा दुई देशका वीचमा सरकारी तवरमा हुनसक्ने सहयोगका विषयमा छलफल गर्न जापानी पक्ष तत्पर रहेको धारणा राखे

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले मजदुरका लागि गरिने लगानीलाई खर्चका रुपमा नलिन रोजगारदाताहरुलाई आग्रह गरे उनले नेपाली युवालाई स्वदेशमा नै रोजगारीको अवसरसँग जोड्न पनि मजदुरमा लगानी गर्न आवश्यक रहेको धारणा राखे नेपालमा असल श्रम सम्वन्धको विकास गर्दै मर्यादित काम मर्यादित ज्यालाको माध्यमबाट वैदेशिक रोजगारमा जाने दरलाई क्रमशः कम गर्दै लैजान सकिने उनको भनाई थियो

अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐन  श्रम ऐन सरकार, रोजगारदाता तथा ट्रेड यूनियनवीच त्रिपक्षिय समझदारीमा नै जारी भएको भएपनि सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कतिपयको स्वार्थ बाझिएको भन्दै आक्रोश व्यक्त गरे उनले कार्यान्वयन नगर्ने भए जतिसुकै राम्रा ऐन, कानून बनाए पनि कुनै परिवर्तन नहुने भन्दै वृद्धि गरिएको न्यूनतम ज्याला कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे

सो अवसरमा जिलाफका महासचिव रियो साइतोले जापान सरकारको श्रम तथा कल्याण मन्त्रालयको सहयोगमा नेपाल लगायतका मुलुकमा सहयोग गर्ने काम गरिएको जानकारी दिए उनले रचनात्मक औद्योगिक सम्वन्ध स्थापित गरेर रोजगारीलाई स्थापित गर्न जिलाफले नेपालमा सहयोग गरेको बताए

आइएलओका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालको औद्योगिक सम्वन्धमा धेरै उत्साहजनक प्रगति भएको धारणा राखे उनले नेपालमा श्रम ऐन सामाजिक सुरक्षा ऐन धेरै राम्रो आएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो औल्याए उनले विश्वका अन्य मुलुकहरुमा पनि यस्तो कार्यक्रमको कार्यान्वयन विस्तारै हुने भन्दै नेपालमा पनि प्रगति हुने अपेक्षा गरे सामाजिक सुरक्षा कार्यक्रम श्रम ऐनका बारेमा अझ पनि धेरै रोजगारदाता श्रमिकलाई बुझाउन आवश्यक रहेको भन्दै उनले संघिय, प्रादेशिक तथा स्थानीय तह स्तरमा अझ धेरै छलफलको खाँचो औंल्याए

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा पछिल्लो समयमा श्रम सम्वन्धी सवैैजसो विषयमा त्रिपक्षिय सहमतिका आधारमा अगाडी बढ्ने काम भएको यसका कारण नेपालमा औद्योगिक, व्यवसायीक वातावरण राम्रो भएको धारणा राखे उनले सामाजिक सुरक्षा कार्यक्रम श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि महासंघ तयार रहेको भन्दै त्रिपक्षिय सहमतिको दस्तावेजको कार्यान्वयनका विकल्प नभएको बताए

नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुश्कर आचार्यले नेपालका ट्रेड यूनियन महासंघहरुवीच सुरु भएको विषयगत एकताले मुलुकमा श्रम सम्वन्धी मुद्धामा धेरै उपलव्धी हासिल भएको धारणा राखे उनले मुलुक नयाँ दिशामा गएको अवस्थामा गर्न लागिएको छलफलले नयाँ कानून लगायतका विषयमा थप प्रष्ट पार्ने बताए

एनटीयूसी अध्यक्ष आचार्यले मजदुर फाँटको विकासका लागि जिलाफलले गरिरहेको सहयोगको सराहना गर्दै आफ्नो यूनियनले विगत २४ बर्षदेखि सो संस्थासँगको सहकार्यबाट नेपालमा श्रम क्षेत्रमा थुप्रै काम गरेको बताए

आचार्यले सामाजिक सुरक्षा कार्यक्रमबाट रोजगारदाताहरु भाग्न थालेको तर्फ ईंगित गर्दै यसले आफूहरुलाई श्रम ऐनका सम्वन्धमा गरिएको सहमतिप्रति आफूहरुलाइ झस्काएको विझ्न थालेको धारणा राखे उनले जसलाई नयाँ कानून व्यवस्थाप्रति विश्वास छैन उनीहरुलाई विश्वास दिलाउनु पर्ने भन्दै सरकारले पनि अनौपचारिक क्षेत्रका श्रमिकबाट सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन गर्नुको सट्टा औद्योगिक क्षेत्रबाट सुरु गरेर गल्ती गरेको आशय प्रकट गरे उनले जसले यसअघि नै सुविधा पाइरहेको क्षेत्रको सट्टा सुविधा पाउँदै नपाएका श्रमिकको क्षेत्र छनौट गरिएको भए कार्यक्रमप्रति आकर्षण बढी हुन्थ्यो भन्ने धारणा राखे

दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका साथै जिफन्ट अण्टुफका सदस्यहरु सहभागि छन्

यो पनि पढ्नुहोस्  विदेशबाट फर्केकालाई सहुलियतको ऋणः हल्लाको भर पर्दा दुःख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: