मलेशियामा दुई महिनामा ३१ हजार नेपाली कामदारको स्वीकृति, सवैभन्दा धेरै माग उद्योग क्षेत्रमा

काठमाडौं, मंसिर १७-

मलेशियास्थीत नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण गरेको छ । मलेसिशया स्थीत नेपाली दूतावासका अनुसार नयाँ श्रम समझदारी अनुसार प्रदान गरिएको मागपत्र प्रमाणिकरणमा सवैभन्दा धेरै औद्योगिक क्षेत्रका लागि रहेको छ ।

दूतावासद्धारा जारी विज्ञप्ती अनुसार औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि मागपत्र प्रमाणित भएको छ । यसैगरी सेक्यूरीटी गार्ड सहित सेवा क्षेत्रका लागि १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लाण्टेसनका लागि १ हजार ३ सय ९७ तथा निर्माण क्षेत्रका लागि १ हजार ३० कामदारको मागपत्र प्रमाणिकरण भएको छ ।

दूतावासले मागपत्र प्रमाणिकरणको कामलाई सरल, पारदर्शी र चुस्त बनाउने उद्धेश्यले प्रत्येक प्रक्रियामा छुट्टा छुट्टै शाखा तथा कर्मचारीहरु संलग्न हुने व्यवस्था गरेको जनाएको छ । दूतावासका अनुसार कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई मागपत्र १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने, पेश हुन आएका मागपत्रहरुको विवरण रुजु गर्ने, अध्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गर्ने गरिएको छ ।

यसैगरी मागपत्र पेश गर्ने कम्पनी सम्बन्धी दूतावासमा आएका गुनासा लगायतका कैफियतहरुको रुजु गरी प्रमाणिकरणको लागि सिफारिस गर्ने, प्रमाणिकरणको लागि सिफारिस भएका मागपत्रहरुको प्रमाणिकरण गर्ने र स्क्यान गरी वैदेशिक रोजगार विभागमा ईलेक्ट्रोनिक फाईल पठाउने,  प्रमाणिकरण भएका सक्कल फाईलहरु २ बजेदेखि ५ बजेसम्म वितरण गर्ने र सक्कल फाईल बुझ्नका लागि कम्पनीको कर्मचारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

समयका कारण अत्यावश्यक मागपत्रलाई एकदिनमै र अन्यलाई ५ दिनभित्रमा मागपत्र प्रमाणिकरणको कार्य सक्नेगरी कार्य भइरहेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् विदेशबाट फर्केकालाई सहुलियतको ऋणः हल्लाको भर पर्दा दुःख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: