सवै रोजगारदाता र श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुको विकल्प छैनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, मंसिर ११-

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सवै रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुको विकल्प नरहेको बताएका छन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्वन्धी ऐन संसदले पारीत गरेर लागु गरिएको स्मरण गराउँदै कानून पालना गर्दिन भन्ने छुट कसैलाई नभएको बताए । उनले कानून पालना गर्ने दायित्वबाट कोहि पनि भाग्न नपाउने बताए । 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको एक बर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेपालमा कार्यरत हरेक रोजगारदाता तथा श्रमिक सामाजिक सुरक्षामा आवद्ध हुँदै जानु आवश्यक रहेको बताए । यसले श्रमिकको भविष्य सुनिश्चित हुने, उत्पादकत्व वृद्धि हुने र स्वदेशमा नै रोजगारी वृद्धि हुने आधार तयार हुने धारणा राखे । उपप्रधानमन्त्री पोखरेलले नेपालमा अहिले युवा जनसंख्या ठूलो रहेको र यो विश्वका अन्य मुलुकमा विरलै रहेको भन्दै सो युवा जनशक्तिलाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी मुलुकको दिगो विकासको आधार तयार पर्नु आवश्यक रहेको बताए । उनले त्यसो गर्न सकेमा मात्र मुलुकको समृद्धि हाम्रै पालामा देख्न सकिन्छ भन्दै सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत वैदेशिक रोजगारलाई निरुत्साहित गर्दै स्वदेशको रोजगारीमा युवाको आकर्षण बढाउन सकिने धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा देखिएका समस्यालाई आपसी सम्वादको माध्यमबाट हल गरिने भन्दै सरकार सवै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने प्रष्ट्याए । उनले श्रमिक र रोजगारदाता दुवै सरकारका लागि उत्तिकै महत्वपूर्ण पक्ष रहेको भन्दै श्रमिक ठगिईरहने वा उद्योग, प्रतिष्ठान टाट पल्टिने दुवै अवस्था सरकारले नचाहेको बताए ।

सो अवसरमा बोल्दै श्रम मन्त्री रामेश्वर राय यादवले श्रमिकको सुरक्षा र उत्पादकत्व वृद्धिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले मद्धत गर्ने बताए । उनले सामाजिक सुरक्षामा आवद्ध श्रमिक काममा केन्द्रीत हुने भन्दै यसले रोजगारदाताहरु पनि लाभान्वित हुने धारणा राखे ।

मन्त्री यादवले श्रमिक प्रतिको उत्तरदायित्व पूरा गर्ने, असल श्रम सम्वन्धको विकास गर्ने र समग्रमा सभ्य समाज निर्माण गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडी बढाएको बताए ।

सो अवसरमा रोजगारदाताका विभिन्न संगठनहरु तथा विभिन्न ट्रेड यूनियनहरुका प्रतिनिधिहरुले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका त्रुटी, कार्यान्वयनमा भइरहेको ढिलाई लगायतका विषयमा बोलेका थिए ।

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषको एक बर्षः ११ हजार रोजगारदाता, १ लाख १५ हजार श्रमिक सूचिकृत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: