नयाँ श्रम मन्त्री नियुक्त हुनासाथ मेनपावर व्यवसायीले दिए बैदेशिक रोजगार विभागलाई चेतावनी

काठमाडौं, मंसिर ६-

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम मन्त्रीबाट गोकर्ण विष्टलाई हटाइएको दोश्रो दिन नै चेतावनीयुक्त भाषामा वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षण गराएको छ । संघका महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ती निकाल्दै आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन भनेका छन् । 

संघको विज्ञप्तीमा भनिएको छः संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, संम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछी अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागु गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ ।

यसअघि श्रममन्त्री गोकर्ण विष्ट भएको समयमा यसरी प्रस्तुत हुन नसकेका व्यवसायी नयाँ मन्त्री नियुक्त भएसँगै चेतावनीयुक्त भाषामा प्रस्तुत भएका हुन् ।

हेर्नुहोस् संघका महासचिवको विज्ञप्ती जस्ताको तस्तै

गम्भीर ध्यानाकर्षण भएको बारे !!!

नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी, श्रमिक र सम्बन्धित निकाय बिच समन्वय सहकार्य गरी कुनै पनि निर्णय गर्दा व्यवसाय, व्यवसायी र श्रमिकको हित हुने र यसरी गरिने सहकार्य संम्वादबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने यस नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बिश्वास रहेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, संम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछी अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागु गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ ।

एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।

सुजित कुमार श्रेष्ठ

महासचिव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: