एनआरएनए नेतृत्वले मध्यपूर्वमा ध्यान दिनुपर्ने विषयहरु

दोहा, मंसिर ५-

गैर आवासीय नेपाली संघको अधिवेशन सकिएसँगै एनआरएनको चहलपहल पनि सकिएको कुमार पन्तको नेतृत्वमा मध्यपूर्बले प्रवक्तामा ओमानका डिबी क्षेत्री सहित सचिवमा कतारका आरके शर्मा पायो साथै मध्यपूर्व संयोजकमा कतारका प्रबिण गुरुङ सह-संयोजकमा यूएईका मनोज गोर्खाली चुनिएका छन् सहसंयोजकमा साउदीका जोन अर्याल युवा सह-संयोजकमा कतारका युवराज रेग्मी चुनिए

अधिबेशन पश्चात एनआरएन सबैको साझा बनोस बन्नु पर्छ भन्नेमा आशावादी हुनुपर्दछ चुनाव अघिका नकारात्मक कुराहरुलाई बिर्सने सकारात्मक कुराहरुमा जोड दिदै मजदुरमैत्री एनआरएन बन्नु पर्छ भन्नेमा सबैले सहयोग गर्नु पर्दछ

मध्यपूर्बमा मात्र नभएर सम्पूर्ण एनआरएनले सही बाटो पक्रनु पर्नेमा दुईमत छैन चुनावी माहोलमा हिजो जे भए अव परिष्कृत भएर सुधारेर अघि बढ्नु नै आजको आवश्यकता हो ति गलत कदमहरु भोलिका दिनहरुमा दोहोरिनु हुन्न नव निर्वाचित अध्यक्षले सफा स्वच्छ एनआरएन बनाउने प्रतिवद्दता समेत जनाइ सकेका छन् एनआरएनए आईसीसीको पहिलो बैठकले पनि यही निर्णय गरेको   पहिलो बैठकमा बैदेशिक रोजगारीमा गएका पीडितहरुको लागि करोड लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्दता आएको निर्णय एकदम सराहनीय  

यति हुँदाहुँदै पनि सल्लाहकार नियुक्तिमा कही कही एनआरएन चुकेको हो कि जस्तो देखिन्छ अझै पनि केही नियुक्ति हुने प्रकृयामा छन् नियुक्तिमा मध्यपूर्बबाट सिफारिसमा परेका नामावाली हेर्दा एनआरएनमा कुनै सुधार होला भन्ने गुञ्जाइस भने देखिन्न निरास हुने ठाउँहरु धेरै छन् कसरी कसलाई पाखा लगाउने भन्ने खेलमा आफ्नो चुनावी मैदानमा साम, दाम, दण्ड, भेदमा सहयोग पुर्याउने पुर्याएका मनिसहरुको मात्रै भिड देख्दा मध्यपूर्बमा एनआरएनको भविष्य चिन्ताजनक देखिन्छ

मध्यपूर्बमा हाल कतार, यूएई, ओमान, कुबेत, साउदी अरब, बहराइन, जोर्डन, ईराक, ईजराइल, येमन, लेबनान सिरिया गरेर १२ देशका एनआरएन एनसीसीहरु छन् दुताबास नभएका देशहरुमा एनआरएनले राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ दुतको भूमिकामा हुन्छ यस्तो अवस्थामा कसैलाई मनोनित गर्दा वा सिफारिस गर्नु पर्दा अत्यन्तै सोचविचार गरेर सबैलाई समेट्न जरुरी हुन्छ कम सकृय भएको देशमा भएका एनसीसीहरुलाई प्रोत्साहित गर्नु पर्ने हुन्छ

कतारबाट प्राप्त सिफारिस नामावलीमा मध्यपूर्बबाट मानार्थ सदस्यमा सिफारिस गरिएका १४ जना मध्ये जना कतारका मात्रै छन् यूएईका जना, ओमान कुबेतबाट , सिफारिस गरिएका छन् ती नामहरुमा केही पुराना तर निस्कृय ब्यक्ति छन् भने केही नयाँ तर एनआरएनको अर्थ, परिभाषा सिद्दान्तमा भरखर चिरपरिचित हुँदै गरेकाहरु छन् पुराना, अनुभवी ईच्छुकहरुलाई पाखा लगाईए सिफारिसमा पारिएन एउटै एनसीसी देशबाट जना सिफारिसमा पर्दा मध्यपूर्बका अरु वटा एनसीसीहरु भने हेपिएका छन् नामोनिसान मेटिने अवस्थामा पुगेका छन्

त्यसैगरी मनोनित सदस्य (कोएप्ट) सदस्यमा सिफारिस गरिएका जना मध्ये साउदी अरब कतारबाट , जना छन् भने यूएईबाट जना रहेका छन् १४ मध्यपूर्ब राष्ट्रका एनसीसीहरु मध्ये वटा एनसीसी राष्ट्रहरुले एक जना पनि सदस्यले मानार्थ मनोनित सदस्यमा पाउन सकेनन् भौगोलिक क्षेत्रीय हिसाबले उनिहरु ठगिए अर्थात वर्तमान नेतृत्वले ठग्यो, हेप्यो  

यदि सिफारिस गरे बमोजिम मनोनित गर्दै जाने अरुलाई उपेक्षा गर्ने हो भने यो कार्यकाल भरी मध्यपूर्बमा बढीमा राष्ट्रमा एनसीसी बाँकी रहनेछन् बाँकी आफैं निस्कृय हुनेछन् मध्यपूर्बमा एनआरएनको शक्ती कमजोर हुनेछ एनआरएनमा भएको मुखिया प्रबृत्ती गुटबन्दीले मध्यपूर्बमा एनआरएन बिस्तारै कोमामा जाने सम्भावना बढ्ने अहिलेको नियुक्तिले यसलाई थप मद्दत पुग्नेछ

एनआरएनए आईसीसीको पहिलो बैठकले सल्लाहकार समिति भन्दा माथि रहने गरी ुबिज्ञ समितीु बनाउने भन्ने निर्णय गरेको उक्त समितिमा कस्ता बिज्ञले नियुक्ति पाउने छन् हेर्न बाँकी नै सैद्दान्तिक रुपमा राम्रो निर्णय गर्ने तर कार्यन्वयन पक्ष फितलो हुने एनआरएनको पुरानै रोग हो सक्षम विज्ञलाई नै मनोनित गरेर उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा प्रयोग गर्नु राम्रो हो तर विज्ञको नाममा आसेपासे मध्यपूर्बमा बसेर दलालगिरी गर्नेहरु पनि मनोनितमा परे भने त्यो भन्दा दुर्भाग्य अर्को हुनेछैन कोएप्ट मानार्थ सदस्यहरुको सिफारिस हेर्दा त्यो भन्दा धेरै आशा गर्ने ठाउँ देखिन्न

एनआरएन मध्यपूर्ब नियुक्तिमा अल्मलिने बेला हैन बरु मजदूरका समस्याहरुलाई जरै देखी मिल्क्याउन आक्रमक ढंगले लाग्ने बेला हो मध्यपूर्बका जेलमा रहेका नेपालीहरुको उद्दारमा एनआरएन लागोस् मध्यपूर्बका अस्पतालहरुको कोमा रहेका नेपालीहरुको उद्दारमा एनआरएन केन्द्रित होस गुट उपगुट भन्दा माथी उठेर यस्ता बिषयहरुमा निर्णय गर्न सकेन भने नेतृत्व नै असफल हुने सम्भावना रहन्छ नेतृत्वले मध्यपूर्बलाई कुनै एक देशको, कुनै गुट उपगुटको बनाएर आफुलाई असफल बनाउने हो कि सबैलाई समेटेर सफल कार्यकाल बनाउने हो बेलैमा सोच्न जरुरी

यो पनि पढ्नुहोस् दलालको ताकत विष्ट बहिर्गमनको सन्देश

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: