यस्तो छ केपी शर्मा ओलीले रोजेका नयाँ श्रममन्त्री यादवको पृष्ठभूमि

काठमाडौं, मंसिर ५-

मन्त्रीमण्डल पुनर्गठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर राय यादव सर्लाही ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित व्यक्ति हुन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल भएपछि यादवले माओवादी केन्द्रको तर्फबाट सर्लाही ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी पाए जसमा उनी विजयी हुँदै प्रतिनिधिसभा सदस्य भएका हुन् ।

२०१२ साल साउन ५ गते सर्लाहीको मलंगवामा जन्मेका यादव कानुनका विद्यार्थी हुन् । हाल चक्रघट्टा गाउँपालिका २ का बासिन्दा यादव सरकारी जागिर छोडेर विसं २०४२ सालदेखि राजनीतिमा सकृय भएका हुन् । उनी विसं २०४६ सालमा सद्भावना पार्टी प्रवेश गरेका थिए । विसं २०४७ सालमा नै राष्ट्रिय सभाका सदस्य भएका उनी विसं २०५२ सालमा कानुन मन्त्री भए । त्यसपछि समाजकल्याण मन्त्रालय तथा बन मन्त्रीका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

राजनीतिक अवस्था परिवर्तनसँगै दल फेरवदल गर्न पछि नपर्ने नेताका रुपमा परिचित यादव २०६४ सालमा भएको मधेश अन्दोलन पश्चात उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा पुगे । उनले विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा पराजय भोगेका थिए । विसं २०७० सालमा उनी तत्कालिन संविधानसभामा समानुपातिकतर्फबाट सभाषद भए ।

जव मधेशी जनअधिकार फोरम विभाजित भयो उनी विजय कुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रीकमा दोश्रो नम्वरको नेता हुँदै वरिष्ठ उपाध्यक्ष भए । तर २०७४ सालको निर्वाचनताका उनी तत्कालिन माओवादी केन्द्र प्रवेश गरे । फोरम लोकतान्त्रीकका अध्यक्ष गच्छदारमाथि ६ बुँदे आरोप लगाउँदै यादवले २०७४ साउन २४ गते फोरम लोकतान्त्रीक छोडेका थिए ।

३ दशकयता राजनीतिमा विभिन्न दल मार्फत सकृय रहेका यादव स्वयं नेकपाका लागि भनें नवप्रवेशी नै हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: