व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा नयाँ संस्था गठन

काठमाडौं, कात्तिक ३०-

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको संस्थागत संरक्षण, प्रवद्र्धन विकास गर्ने उद्देश्यले यस क्षेत्रमा कार्यरत ब्यक्तिहरुको शनिवार काठमाडौंमा भएको भेलाले सेफ्टी एशोसिएसन अफ नेपाल (सान) नामक छाता संस्था गठन गरेको

एक सदस्य पछिबाट थप गर्ने गरी गठित संस्थाको तदर्थ समितिको संयोजकमा दुर्गा लाल शर्मा रहेका छन्  संस्थाको सहसंयोजकमा राजेश राजबाहक, सचिवमा कुलप्रसाद राई कोषाध्यक्षमा सतिश अर्याल रहेका छन् सदस्यहरुमा दीपक लामिछाने, युवराज दर्नाल, चिरञ्जिवी सापकोटा नारायणप्रसाद चौंलागाई रहेका छन्

नेपालजस्तो विकासोन्मुख देशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा कानूनी नीतिगत ब्यवस्थाका साथै संरचनागत अभाव रहेको यस प्रकारको रिक्ततालाई चिरी सवलरुपमा ब्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा क्षेत्रको विकास गर्नका लागि नेपाल सरकारसँग सहकार्य समन्वय गरी अघि बढ्ने उद्देश्य संस्थाको रहेको संयोजक शमौले बताए

यस क्षेत्रको उपयूक्त कानूनी तथा नीतिगत ब्यवस्थाको अभाव त्यसका लागि कार्यान्वयन गर्ने सरकारी निकायमा संरचनागत ब्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा मानिसहरुले कार्य गर्दै आइरहेका छन् कुनै दूर्घटना भएमा त्यसबाट हुनसक्ने क्षतिलाई कम गर्नका लागि सरकार तथा सम्बद्ध सरोकारवाला निकायहरुलाई संस्थाले झक्झकाउने कार्य गर्ने जनाइएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: