मलेसियाले आगामी जनवरी देखि विदेशी श्रमिकलाई कटौति गर्ने भयो अर्को सुविधा  

क्वालालम्पुर, कात्तिक २७-

निःशुल्क रुपमा यात्रा सुविधा उपलव्ध हुँदै आएकोस्मार्ट सेलेङ्गर बसमा मलेसियाले सन् २०२० देखि विदेशीलाई सुविधा कटौती गर्ने भएको छ । सेलेङ्गरका स्थानीय सरकारका प्रतिनिधिले आगामी बर्षदेखि विदेशीलाई टिकट वापत १ रिंगिट शुल्क लगाइने तयारी भएको तर सो शुल्क कसरी लिने भन्ने बारेमा थप छलफल हुन बाँकी रहेको बताएका छन् ।

मलेसियाको स्थानीय सञ्चार माध्यम द सनका अनुसार स्थानीयलाई निःशुल्क रुपमा बस सेवा उपभोग गर्न परिचयपत्र देखाउने व्यवस्था गर्न सकिने र सोही आधारमा गैर मलेसियनलाई शुल्क लिन सकिने ति सरकारी प्रतिनिधिले बताएका छन् । तर सो निःशुल्क बसमा सेवा लिनेहरु मध्ये बहुसंख्यक विदेशी श्रमिक हुने गरेका छन् ।

मलेसियाले सो बस सेवामा ठूलो लगानी भएको भन्दै विदेशी कामदारबाट रकम उठाउने नीति अगाडी सारेको भन्दै केहि अधिकारकर्मीले भनें त्यसको विरोध गरेका छन् । मलेसियामा आप्रवासी श्रमिकहरुको अधिकारका पक्षमा कार्यरत नर्थ साउथ ईनिसिएटीभका एड्रिन परेराले यो दुःखद निर्णय भएको बताए । मलेसियाले सार्वजनिक सवारीको उपलव्धता थोरै हुने क्षेत्रमा त्यस्ता बस सञ्चालन गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: