नेपाली सुरक्षा गार्डको अभावका कारण मलेसियामा विकल्पमा बहस सुरु

 

क्वालापम्पुर, कात्तिक १४-

मलेसियामा नेपाली सुरक्षा गार्डको चर्को अभाव भएपछि स्थानीय नागरिकलाई नै सुरक्षा गार्डका रुपमा लिन थाल्नु पर्ने माग सुरु भएको छ । हाल मलेसियामा नेपालीलाई मात्र सुरक्षा गार्डका रुपमा लिने मलेसियाको नीति छ । सुरक्षा गार्डको अभावसँगै सो नीतिमा पुनरावलोकनको माग उठेको हो ।

मलेसियाका गृहमन्त्री मुहियाद्धिन यासिनले सरकारको सो नीति अल्पकालिन रहेको भन्दै यसमा जुनसुकै वखत फेरवदल गर्न सकिने भन्दै स्थानीय नागरिकलाई सुरक्षा गार्डको काममा कसरी आकर्षित गर्न सकिन्छ भनेर विचार गर्न आवश्यक रहेको धारणा राखेका छन् । 

सुरक्षा गार्डको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुका प्रतिनिधिहरुसँगको छलफलमा गृहमन्त्री यासिनले यस्तो धारणा राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । उनले प्रविधिको प्रयोग मार्फत पनि विदेशी कामदारप्रतिको निर्भरता घटाउन सकिने भन्दै यसतर्फ पनि प्रयत्न गर्न आग्रह गरेका थिए ।

यसअघि पनि मलेसियाले नेपाली कामदारलाई चर्को शुल्क असुलिएको भन्दै त्यो रोकिनेगरी श्रम समझदारी नभएसम्म कामदार नपठाउने निर्णय गरेपछि श्रीलंकाबाट सुरक्षा गार्ड भित्रियाउने बताएको थियो । यसैगरी श्रमिकको चर्को अभाव भएपछि बंगलादेशबाट तीन बर्षभित्र १५ लाख बंगलादेशी कामदार ल्याउने सहमति गरेपनि त्यो कार्यान्वयन भनें गर्न सकेको थिएन ।

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषमा सहभागि हुने म्याद थपियो 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: