सामाजिक सुरक्षा कोषमा सहभागि हुने म्याद थपियो

काठमाडौं, कात्तिक १४-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागि हुने म्याद मंसीर १६ गतेसम्मका लागि थपिएको छ । सामाजिक सुरक्षा कोषले सुचना प्रकाशित गर्दै कात्तिक १४ गतेबाट एक महिनाका लागि म्यादन थपिएको जानकारी गराएको हो ।

कोषले एक महिना भित्रमा सम्पूर्ण रोजगारदाताहरु तथा योगदानकर्ताहरुलाई अनिवार्य रुपमा कोषमा सूचिकरण हुन आव्हान गरेको छ । कोषमा तोकिएको समयमा सूचिकृत नभएमा कानून बमोजिम हुने चेतावनी दिइएको छ ।

हालसम्म सामाजिक सुरक्षा कोषमा ८ हजार ८ सय १८ रोजगारदाता सुचिकृत भएका छन् भनें सुचिकृत हुने श्रमिकको संख्या १ लाख ९ सय ६८ छ । उनीहरुको ७ करोड ६५ लाख भन्दा बढी रकम संकलन भइसकेको कोषले जानकारी दिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अपेक्षाकृत आकर्षण नदेखिएपछि योगदानकर्तालाई निश्चित मात्रामा सहुलियत कर्जा उपलव्ध गराउने गरी तयारी यसअघि नै सुरु भइसकेको छ । कोषमा योगदान गर्ने योगदानकर्ताले प्राप्त गर्ने लाभका लागि बर्षौं पर्खिनुपर्ने तर विचमा रकम निकाल्न नपाइने भएपछि यसमा श्रमिकको पनि आकर्षण कम देखिएपछि सरकारले यस्तो तयारी गरेको हो ।

यसका लागि लगानी कार्यविधि कोष सञ्चालक समितिले पारित गरेर स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषले योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा दिने प्रस्ताव गरेको छ । कोषमा सहभागि हुन योगदानकर्ताले आधारभूत तलवको ११ प्रतिशत तथा रोजगारदाताले २० प्रतिशत योगदान गर्नु पर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: