भिजिट भिसाले समस्या: मन्त्री विष्ट

 

काठमाडौं, कात्तिक १३-

श्रम मन्त्री गोकर्ण विष्टले श्रम स्वीकृति लिएर वर्किङ भिसामा नगई भिजिट भिसामा रोजगारीका लागि विदेशिनु नेपालका लागि एउटा समस्या भएको बताएका छन् । विशेषगरी युएईमा कतिपय नेपाली यसरी जाने गरेका छन् । गत वर्ष पनि नेपालका लागि युएईका राजदूतसँगको भेटमा मन्त्री विष्टले यसलाई रोक्ने व्यवस्था मिलाउन युएई सरकारलाई आग्रह गरेका थिए ।

अवुधावी डायलगमा सहभागि हुन युएई गएका समयमा युएईको चर्चित अनलाइन गल्फ न्यूजसँगको कुराकानीमा मन्त्री विष्टले ‘त्यसरी भिजिट भिसामा जानुलाई आफूलाई ठगिका लागि खुल्ला छोडिदिनु जस्तै’ भएको बताएका छन् । उनले नेपालबाट श्रम स्वीकृति लिएर वर्किङ भिसामा आउनुको सट्टा भिजिट भिसामा आउने नेपालीहरु समस्यामा पर्ने गरेको धारणा राखेको अनलाइनले लेखेको छ । युएईमा सुरुमा भिजिट भिसामा जाने र पछि काम खोजेर त्यसलाई वर्किङ भिसामा परिवर्तन गर्ने गरिन्छ । यो काम संसारका विभिन्न देशका नागरिकले गर्ने गर्दछन् र यसो गर्न युएईमा कानुनी रुपमा नै पाइन्छ । मन्त्री विष्टले भनें नेपालका सरकारका लागि यो मुख्य चासोको विषय भउको बताएका छन् ।

मन्त्री विष्टले यो समस्याका कारण पटक-पटक नेपाली श्रमिक युएईमा दलालका कारण समस्यामा पर्ने गरेको बताए । दूतावासमा पर्ने गुनासोको संख्या बढ्दै जानु र यसलाई सुल्झाउन ठूलो खर्च लाग्नु नेपालका लागि चिन्ताको विषय भएको मन्त्री विष्टको भनाई छ 

नेपालको कानुन अनुसार श्रम स्वीकृति नलिई रोजगारीका लागि विदेशिनेहरुको तथ्याङ्क नेपाल सरकारसँग नहुने भएका कारण उनीहरुको अधिकार रक्षाका लागि काम गर्न पनि कठिनाई हुने मन्त्री विष्टले बताए । यसैगरी क्षतिपूर्ति, आर्थिक सहायता, गुनासो व्यवस्थापन र कतिपय अवस्थामा स्वदेश फर्काउन वा मृत्यु भएमा शव फर्काउन पनि समस्या हुने गरेको उनको भनाई थियो ।

भिजिट भिसामा युएई आएर पछि भिसा परिवर्तन गरी घरेलु कामदार हुने कार्यलाई मन्त्री विष्टले सो अवैधानिक भएको बताए । उनले पाँच बर्ष अगाडी देखि नै नेपाल सरकारले घरेलु कामदारका रुपमा विदेश पठाउन रोक लगाइएको बताए । मन्त्री विष्टले हरेक बर्ष झण्डै १ लाख ५० हजार नेपाली युएईमा रोजगारीका लागि आउने र नेपाल सरकार उनीहरुले मर्यादित र मानविय ढंगको काम गर्ने वातावरण प्राप्त गर्नुपर्दछ भन्नेमा गम्भीर रहेको बताए । उनले तलव तथा अन्य सुविधासँगै यो पनि उत्तिकै महत्वपुर्ण रहेको बताए ।

गत अप्रिलमा नेपाल र युएईवीच कामदारको अधिकार, युएईमा रोजगारीमा जान चाहने नेपाली श्रमिकसँग कुनै शुल्क लिन नपाइने लगायत विषय समेटिएको श्रम समझदारी भएको छ । मन्त्री विष्टले निःशुल्क रुपमा नेपाली श्रमिक युएई जाने व्यवस्था कार्यान्वयनको चरणमा दुई देश रहेको बताएको गल्फ न्यूजको समाचारमा जनाइएको छ । (फायल तस्वीर)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: