सामाजिक सुरक्षा कोषबाट पनि योगदानकर्तालाई ऋण दिने तयारी, सूचिकरणको म्याद एक महिना थपियो

काठमाडौं, कात्तिक ७-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई निश्चित मात्रामा सहुलियत कर्जा उपलव्ध गराउने गरी तयारी थालेको छ । कोषमा योगदान गर्ने योगदानकर्ताले प्राप्त गर्ने लाभका लागि बर्षौं पर्खिनुपर्ने तर विचमा रकम निकाल्न नपाइने भएपछि यसमा श्रमिकको पनि आकर्षण कम देखिएपछि सरकारले यस्तो तयारी गरेको हो ।

यसका लागि लगानी कार्यविधि कोष सञ्चालक समितिले पारित गरेर स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकेको छ । सो विषयमा छिट्टै आवश्यक निर्णय हुने मन्त्री गोकर्ण विष्टले जानकारी दिए । कोषले योगदानकर्तालाई सामाजिक, शैक्षिक र घर कर्जा दिने प्रस्ताव गरेको छ ।

यसैवीच सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण हुने म्याद एक महिना थपेको छ । पत्रिकामा विज्ञापन प्रकाशित भएको मितिले एक महिनाका लागि म्याद थपिने छ, मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकरी निर्देशक कपिलमणि ज्ञवालीले भने असोजको अन्त्यमा सुचिकरणको म्याद सकिनु अघिको तीन दिन मात्र ३ हजार ५ सय भन्दा धेरै रोजगारदाता सुचिकृत हुनुले यसमा चासो बढेको देखिन्छ । उनले समयअभावका कारण कतिपयले सुचिकरण हुन नपाएको र म्याद थपिदिन आग्रह गरेका कारण म्याद थपिएको तर्क गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गोकर्ण विष्टले सरकारी तलव खाने बाहेक अन्यका लागि कोषमा सहभागिता अनिवार्य रहेको भन्दै त्यसको विकल्प नभएको दोहोर्याए । उनले सरकारले सकेसम्म मिठो बोलीवचनले नै यसमा सहभागिताको अवसर दिएको भन्दै आवश्यक परेमा कानुन अनुसार गरिने चेतावनी समेत दिए । मन्त्री विष्टले कोषमा सहभागि हुने वा नहुने भन्ने ऐच्छिक विषय नभएकोले अविलम्व सुचिकृत हुन आव्हान पनि गरे ।

सो अवसरमा मन्त्रालयका सामाजिक सुरक्षा महाशाखा प्रमुख समेत रहेका सहसचिव रामप्रसाद घिमिरेले कतिपयमा बुझाईको समस्याका कारण पनि कोषमा सहभागि हुन ढिलाई भएको हुन सक्ने भन्दै यसले श्रमिक र रोजगारदाता दुवै पक्षलाई फाइदा पुग्ने धारणा राखे । उनले सुरुमा सामाजिक सुरक्षा कोषको स्कीम   तय नभई लगानी सम्वन्धी नीति ल्याउनु उपयुक्त नहुने भएका कारण अव स्कीम तय भइसकेका कारण लगानी नीति आउने र यसले अहिले देखिएका धेरैजसो विषयहरु स्पष्ट हुँदै जाने बताए ।

कोषमा हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता सुचिकृत भएका छन् भनें सुचिकृत हुने श्रमिकको संख्या १ लाख ९ सय ६८ छ । उनीहरुको ७ करोड ६५ लाख भन्दा बढी रकम संकलन भइसकेको कोषले जानकारी दिएको छ । 

यो पनि पढ्नुहोस् आफन्त गुमाएका दुई परिवारलाई सामाजिक सुरक्षा कोषले दिनेभयो मासिक तलव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: