आफन्त गुमाएका दुई परिवारलाई सामाजिक सुरक्षा कोषले दिनेभयो मासिक तलव

काठमाडौं, कात्तिक ७-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले दुई व्यक्तिका आश्रित परिवारलाई सहयोग गरेको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार क्लोजर सिष्टम ईण्टरनेशनल नेपालीमा कार्यरत ईञ्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफेमा कार्यरत प्रकाश तामाङको सडक दुर्घटनामा मृत्यु भएका कारण उनीहरुको परिवारलाई आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्रति परिवार रु २५ हजार तथा मासिक निवृत्तिभरण वापतको सुविधा प्रदान गर्ने प्रकृया अगाडी बढाएको छ ।

कोषका अनुसार आश्रित परिवार सुरक्षा योजना अन्तर्गत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम नीजको आश्रितलाई प्रदान गर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार थापाकी श्रीमतिले मासिक १७ हजार १ सय आजीवन प्राप्त गर्नेछिन् । यसैगरी तामाङका परिवारले मासिक १० हजार २ सय प्राप्त गर्नेछन् । आधारभूत तलव अनुसार नै यो सुविधा दिइने भएका कारण आश्रित परिवारले प्राप्त गर्ने रकम पनि फरक पर्ने कार्यकारी निर्देशक ज्ञवालीले बताए । 

यसैगरी निजहरुले जम्मा गरेको योगदान रकम मध्ये वृद्धापस्था सुरक्षा योजना अन्तर्गतको संकलित रकम तथा प्रतिफल पनि थापा र तामाङका परिवारलाई प्रदान गर्ने प्रकृया अगाडी बढीसकेको कोषले जनाएको छ ।  

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषबाट पनि योगदानकर्तालाई ऋण दिने तयारी, सूचिकरणको म्याद एक महिना थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: