मेनपावर कम्पनीहरु पनि अव वान स्टार देखि फाइभ स्टारसम्म  

काठमाडौं, कात्तिक ६-

तपाईले होटल त स्टार रेटिङ(तारे होटल) गरिएको थाहा पाउनु भएकै कुरा होला । कुन होटल तीन तारे(थ्री स्टार), कुन पाँच तारे(फाइभ स्टार) भन्ने सजिलै थाहा पाउनुहुन्छ । तर वैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरु पनि त्यसरी नै वर्गिकरण गरिन्छन् भन्ने थाहा पाउनु भएको छ ? हो, वैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने काम एक वेवसाइटले गर्ने गरेको छ ।

सो वेवसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्वन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्नेछ ।

अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आइटीयूसी) ले सञ्चालन गरेको वेवसाइट www.recruitmentadvisor.org/ne ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने गर्दछ ।  यो वेवसाइट नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स, श्रीलंका, केन्या, मलेसियामा स्थानीय भाषामा सञ्चालनमा छ ।

वेवसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा पेजहरु रहेका छन् । यो वेवसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटीयूसीसँग सहकार्य गरेको छ ।

आइएलओसँगको सहकार्यमा सञ्चालित सो परियोजनाकी प्रमुख ईरा रमावतीले वैदेशिक रोजगारका क्रममा रहेकाहरु वा वैदेशिक रोजगारबाट फर्केकाहरुकै मूल्याङ्कनका आधारमा सम्वन्धित मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनी छनौट गर्न सहयोग गर्ने बताइन् ।

हाल नेपालका केहि मेनपावर कम्पनीको स्टार रेटिङ(स्तर निर्धारण) हेर्न यहाँ क्लीक गर्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: