श्रमिक कल्याणकारी कोषमा १ करोड प्रदान

काठमाडौं, कात्तिक ३-

गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारिमा पिडितहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवध्दता गरेका छन्  । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् ।  सो कोषबाट  मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पिडित भएकाहरुलाई सहयोग गर्ने गरिन्छ ।

बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको एनआरएनए सचिवालयले जनाएको छ ।  बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई एक महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विद्युतिय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निःशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा महासचिव डा. हेमराज शर्मा,  सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् ।

यसैगरी महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ।  संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ। 

संघमा अव ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यवपार तथा लगानी,  सीप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवर्धन)  निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम सोही फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि बैठकले गरेको छ । 

एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० मा गर्ने  निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघका संरक्षक परिषद गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्षद्धय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहनेछन् । वैठकले  संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य, सपिला राजभण्डारी, रामेश्वर शाह, टी।बी कार्की, सोम सापकोटा, त्रिलोक गुरुङ, विश्व आदर्श पण्डित, पुष्प तिमल्सिना, जमुना गुरुङ, एसी शेर्पा र हरिबोल भण्डारी रहनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: