मलेसियामा जनवरी देखि नयाँ नियम, वैधानिक रुपमा कार्यरत कामदारलाई फाइदा

काठमाडौं, कात्तिक ३-

मलेसियामा आगामी जनवरी १, २०२० देखि वैधानिक रुपमा कार्यरत विदेशी कामदारका लागि सामाजिक सुरक्षा सम्वन्धी कार्यक्रम(सोक्सो) लागु हुने भएको छ । सोक्सोले कुनै कामदार दुर्घटनामा परेमा, चोटपटक लागेमा औषधि उपचार गर्ने तथा क्षतिपूर्ति उपलव्ध गराउने गर्दछ । सो कार्यक्रमको सुविधा यसअघि देखि नै मलेसियन नागरिकले पाउँदै आएका छन् ।

विदेशी कामदारले पनि सोक्सोको सेवा पाउने भएपछि थप २२ लाख कामदारले सुविधा पाउने भन्दै यसमा मलेसियन ट्रेड यूनियन कंग्रेस(एमटीयूसी) ले खुशी प्रकट गरेको छ । एमटीयूसीका महासचिव जे सोलोमनले यसले आईएलओको प्रावधान अनुसार हरेक श्रमिकलाई संरक्षण गर्ने राज्यको दायित्व मलेसियाले पुरा गर्ने बताए । उनले यसले जुनसुकै ठाउँमा पुगेपनि आफ्नो न्यूनतम मानव अधिकार उपभोग गर्न पाउने श्रमिकको अधिकार रक्षा हुने पनि धारणा राखे ।

महासचिव सोलोमनले एक विज्ञप्ती जारी गरी मलेसियाका लागि योगदान गरिरहेका विदेशी श्रमिकलाई सोक्सो मार्फत दिन लागिएको सुविधाको स्वागत गरेका छन् । यसअघि मलेसियाली सरकारले विदेशी कामदारका लागि पनि सोक्सोको सुविधा सन् २०१९ भित्रै उपलव्ध गराउने घोषणा गरेपनि विभिन्न प्रकृयाका लागि तयारी नपुगेको भन्दै सो लागु गर्न सकेको छैन । सरकारले आगामी बर्षको सुरुवात देखि नै कार्यक्रम लागु हुने जनाएको छ ।

एमटीयूसीले सो सुविधा वैधानिक हैसियतका कामदारलाई मात्र नभई अवैधानिक रुपमा काम गरिरहेकाहरुलाई पनि दिइनु पर्ने धारणा राख्दै आएको छ । यसो गरिएमा आइएलओ अभिसन्धि १९ को सम्मानका साथै अवैधानिक रुपमा कार्यरत कामदारलाई वैधानिक हुन आउने बाटो खुल्ला हुने पनि एमटीयूसीको तर्क छ ।

सोक्सोमा आवद्ध हुन लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्ने व्यवस्था छ । सो कार्यक्रममा आवद्ध कामदार कुनै दुर्घटनामा परेमा उपचार खर्च तथा क्षतिपूर्ति सोक्सोले व्यहोर्छ । यहि प्रकृतिको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नेपालमा पनि सुरु भइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: