कतारमा अव रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो 

काठमाडौं, असोज ३०-

कतारले कफाला प्रणालीको विधिवत अन्त्य गर्दै रोजगारदाता फेर्न पाइने कानुन अगाडी सारेको कतारको मन्त्रीपरिषदले पारीत गरेको नयाँ कानुन अनुसार अव रोजगारदाता परिवर्तन गर्न सुरुवाती रोजगारदाताको नो अव्जेक्सन लेटर पनि नचाहिने भएको हो

कतारको नयाँ कानुनले सुरक्षा निकायबाहेकका कामदारलाई रोजगारदाता फेर्न नो अव्जेक्सन लेटर हटाएसँगै अव कतारमा कफालाको विधिवत अन्त्य भएको अन्तराष्ट्रि श्रम संगठन(आइएलओ) ले जनाएको यसैगरी कतारले मध्यपूर्वमा नैै पहिलो मुलुकका रुपमा न्यूनतम ज्याला तोकेको पनि जनाएको । तर न्यूनतम ज्याला कति तोकिएको हो भन्ने हालसम्म कतारले सार्वजनिक गरिसकेको छैन । 

“आईएलओ नयाँ सुधारको स्वागत गर्दछ श्रम क्षेत्र रुपान्तरणका लागि कतार सरकारले गरेको प्रतिवद्धताको सम्मान गर्दछ” आइएलओले भनेको कतारको पछिल्लो कदमले आप्रवासी कामदारको अधिकारलाई सुरक्षित गर्ने यसले मुलुकको उत्पादकत्व पनि वृद्धि हुने आइएलओको भनाई आइएलओका महानिर्देशक गाई राईडरले आइएलओको कतार स्थीत कार्यालयले यसमा आवश्यक सहयोग गर्ने बताएका छन्

कतारले रोजगारदाता परिवर्तन गर्न पहिलेजस्तो एनओसी लिन नपर्ने व्यवस्थाले कामदारलाई सहजता हुने विश्वास गरिएको अव त्यसरी कुनै रोजगारदातासँग कार्यरत कामदार लिनु पर्ने भएमा पुरानो रोजगारदाताले कामदारको भर्ना खर्च वापत तिरेको सुरुवाती रकम नयाँ रोजगारदाताले तिर्नुपर्नेछ

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारमा श्रमिकको अधिकार रक्षाका लागि काम गर्न आइटीयूसीले लगातार दवावमुलक काम गर्दै आएको छ । फलस्वरुप कतारमा श्रम क्षेत्र सुधारका पक्षमा पछिल्ला केहि समययता धेरै नीतिगत व्यवस्था गरिएका छन् । पछिल्लो व्यवस्था त्यसैको निरन्तरता हो । 

यो पनि पढ्नुहोस् कतारमा दूतावास बलियो की एजेण्ट ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: