अव स्थानीय तहबाटै सुरक्षित आप्रवासन परियोजना, पहिलो सम्झौता नवलपरासीमा

रञ्जना लम्साल, कावासोती, कात्तिक १-

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा स्थानीय तहबाटै सुरक्षित आप्रवासन परियोजना सञ्चालनका लागि स्थानीय तह र सेवा प्रदायक संस्थावीच सम्झौता भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा सञ्चालन हुने सो परियोजना सञ्चालनका लागि नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) का चारवटा स्थानीय तह र सेवा प्रदायक संस्थावीच विहिवार सम्झौता भएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि स्थानिय सरकार र सेवाप्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्चवीच सम्झौता भएको हो । सो परियोजना नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित छ । अव नवलपरासी पूर्व नवलपुरका चारवटा स्थानीय तहमा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा हिकोडेफ मार्फत सुरक्षित आप्रवास परियोजना सञ्चालन हुनेछ ।

यस अन्तर्गत जिल्लाको गैंडाकोट, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिका छन् । विहिवार सेवा प्रदायक संस्था हेकोडेफ र चारैवटा पालिकावीच कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । यसमा प्राविधिक सहयोग सामी हेल्भेटासको रहने छ । 

परियोजना अन्र्तगत सूचनामा पहुँच, न्यायमा पहुँच, सीपमा पहुँच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीले बताए । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धीमुलक बनाउने, वैदेशिक रोजगारबाट आउने विप्रेषण (रेमिट्यान्स)को सदुपयोग गर्दै स्वदेशमै स्वरोजगारको अवस्था सिर्जनाका लागि कार्यक्रम महत्वपूर्ण हुने प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीको भनाई थियो ।

देशभर ३९ जिल्लामा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन हुँदैछ । त्यसमध्ये स्थानीय तह र सेवा प्रदायक संस्थावीच कार्यक्रम सञ्चालनको समझदारी पत्रमा हस्ताक्षर भएको यो पहिलो भएको परियोजनाका गण्डकी प्रदेश संयोजक उमाकला शर्माले बताइन् । नवलपरासी जिल्ला वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याका हिसावले अग्रस्थानमा पर्दछ ।

स्थानिय तहसँगको साझेदारिमा कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम अझ प्रभावकारी हुने सेवा प्रदायक संस्था हिकोडेफका कार्यकारी निर्देशक शुरवीर स्थापितले बताए । संस्थाले २०७० सालदेखी वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको उनले बताए । नेपाल सरकारको नीति अनुरुप वैदेशिक रोजगारलाई सुरक्षित, वैदेशिक रोजगारका कारण हुने सामाजिक समस्याको निराकरण र वैदेशिक रोजगारबाट भित्रिएको रकमको सदुपयोग गरि दिर्घकालीन रुपमा स्वदेशमै स्वरोजगारको अवस्था सिर्जना गर्ने तर्फ कार्यक्रम लक्षित हुने कार्यकारी निर्देशक स्थापितले बताए ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारबाट फर्केकाहरु अझ संगठित हुनुपर्दछ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: