‘वैदेशिक रोजगारबाट फर्केकाहरु अझ संगठित हुनुपर्दछ’

रञ्जना लम्साल, कावासोती, असोज ३०-

आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पाँचौ साधारणसभा विहिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युवलाल तिवारीको अध्यक्षता तथा सामी हेल्भेटासका प्रदेश परियोजना संयोजक उमाकला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संस्थाको अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधन सहित पारित गर्ने निर्णय भयो ।

कार्यक्रममा प्रमुख अतिथी शर्माले सामी परियोजनाले हकहित संरक्षण मञ्च जन्माउन सहयोग गरेकोमा अहिले यो अवस्थामा आईपुगेकोमा खुशी ब्यक्त गर्दै अव पालिकाहरुसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिइन् । उनले संस्थालाई दिगो बनाउन वैदेशिक रोजगारबाट फर्केकाहरु स्वयं लागिपर्नु पर्ने बताइन् । 

यसैगरी कार्यक्रममा हिमालयन सामुदायिक विकाश मञ्चका कार्यकारी निर्देशक शुरवीर स्थापितले बैदेशिक रोजगारीको समस्या विदेश गएर फर्किएकाले भन्दा बढि अरुले बुझुन नसक्ने बताउँदै उनीहरुको समस्यालाई लिएर आगामी दिनमा पनि अगाडी बढ्न पर्ने बताए । उनले स्वदेशमा रोजगारी सिर्जना गर्न स्थानिय तहमा दवाव सिर्जना गर्न आफ्ना कामहरु अगाडी बढाउन आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै ईन्द्रेणी सामाजिक विकाश मञ्चका अध्यक्ष बद्रि सुवेदीले जिल्ला टुक्रिए पनि सवाल नटुक्रिएको भन्दै संगठनलाई सदैव दिलोज्यानले सहयोग गर्ने प्रतिवद्दता जनाए । हाम्रो समाजमा थुप्रै चुनौती रहेको र त्यस सवाललाई उठान गर्न आप्रवाशी हकहित संरक्षण मञ्च राम्रो विकल्प भएको उनको भनाई थियो ।

यसैगरी आप्रवासी कामदार हकहित संरक्षण मञ्च, बर्दघाट सुस्ता पश्चिमका अध्यक्ष बलबाहादुर थापाले आप्रवासी हकहित संरक्षण मञ्च अझै दिगो बनाउन एक जनाले चाहेर मात्र सम्भव नहुने भएकाले सवैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । 

यो पनि पढ्नुहोस् नेपालको प्राथमिकता श्रमिकको सुरक्षाः मन्त्री विष्ट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: