नेपालको प्राथमिकता श्रमिकको सुरक्षा: मन्त्री विष्ट

काठमाडौं, असोज ३०-

श्रम मन्त्री गोकर्ण विष्टले नेपालको ध्यान पछिल्लो समयमा भर्ना प्रकृयालाई मर्यादित बनाउँदै नेपाली श्रमिकको सुरक्षामा केन्द्रीत रहेको बताएका छन् । उनले यसका लागि कानुनी र नीतिगत सुधार गरिएको बताए ।

युएईमा जारी अवुधावि डायलगमा बोल्दै मन्त्री विष्टले दृढतापूर्वक अगाडी बढाइएका यस्ता प्रयास द्धिपक्षिय तथा क्षेत्रीय सहयोगमा सार्थक हुने समेत धारणा राखे ।

नेपाल कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र रहेको सन्दर्भमा मन्त्री विष्टले अवुधावि डायलग तथा कोलम्वो प्रोसेसवीचको सहकार्यले क्षेत्रीय सहकार्यलाई बढाउने विश्वास प्रकट गरे । कोलम्वो प्रोसेस श्रमिक पठाउने मुलुकहरुको साझा मञ्च हो भनें अवुधावि डायलग श्रमिक लिने मुलुकहरुको साझा मञ्च हो ।

मन्त्री विष्टले कोलम्बो प्रोसेसले पाँचवटा विषगत क्षेत्रलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे । उनले ति पाँच क्षेत्र सीप, विप्रशेषण व्यवस्थापन, मर्यादित भर्नाप्रकृया, पूर्वप्रस्थान अभिमुखिकरण तालिम तथा श्रम बजारको विश्लेषण रहेको बताए ।

अवुधावि डायलगमा मन्त्रीस्तरीय छलफलका लागि मन्त्री विष्ट हाल युएईमा छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: