नेपाल र मलेसियावीच नयाँ समझदारी वमोजिम कामदार पठाउने सहमति !

काठमाडौं, भदौ २६-

नेपाल र मलेसिया वीच कामदार पठाउने विषयमा गतवर्ष भएको श्रम समझदारी अनुसार कामदार पठाउने सहमति जुटेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतले जानकारी दिएको छ । तर यसका बारेमा आधिकारिक जानकारी भनें दिइएको छैन । मलेसियामा छलफलका लागि गएको श्रम मन्त्रालयको टोली र मलेसियन पक्षवीच हाल रोकिएको कामदार आदानप्रदान सुरु गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

 

नयाँ थपिएका स्वास्थ्य संस्थाहरुको अनुगमन भनें आगामी नोभेम्वरको पहिलो साता हुने दुईपक्षले सहमति गरेका छन् । नोभेम्वरमा नेपाल आउने मलेसियाली टोलीले अ नुगमन गरेपछि नयाँ स्वास्थ्य संस्थाहरुले पनि स्वास्थ्य परिक्षण सुरु गर्ने गरी सहमति भएको श्रोतले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: