वर्किङ भिसामा मकाउ पठाउने पासो थाप्दा….

काठमाडौं, भदौ २४-

वैदेशिक रोजगारमा मकाउमा आकर्षक तलवमा पठाउने प्रलोभन देखाई ठगि गरेको अभियोगमा रौतहटका राजु केसी पक्राउ परेका छन् । काठमाडौंमा बस्ने केसीले ६ जना व्यक्तिबाट पटक पटक गरी १९ लाख १० हजार ठगि गरेको प्रहरीमा उजुरी परेको थियो । उनले गोरखाका रामशरण कोइराला लगायतलाई ठगि गरेको उजुरी परेको महानगरिय प्रहरी अपराध महाशाखाका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार वर्किङ भिसामा मकाउ पठाउने भन्दै रकम उठाएका विनोद केसी भनेर चिनिने उनले ति व्यक्तिलाई मकाउ नपठाई फरार भएका थिए । उनी विरुद्धमा प्रहरीमा उजुरी परेपश्चात  खोजतलाशका क्रममा केसीलाई प्रहरीले सोमवार हाँडीगाउँबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सोमवार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको प्रहरी उपरिक्षक ढकालले जानकारी दिएका छन् । 

यो पनि पढ्नुहोस् पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: