पुनः श्रम स्वीकृति: घरेलु कामदारलाई राहत

काठमाडौं, भदौ २२-

सरकारले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भदौ १७ गते निश्चित प्रकृया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत नेपालीलाई  पुनः श्रम स्वीकृति  दिने निर्णय गरेको हो यसअघि संसदीय समितिले पनि पुनः श्रम स्वीकृति दिन सरकारलाई निर्देशन दिएको थियो

युएई स्थीत नेपाली दूतावासले पुनः श्रमस्वीकृति  आवश्यक परेमा आवश्यक कागजात सहित सिफारिसका लागि निवेदन दिन सुचना प्रकाशित गरेको दूतावासले अवधि कायम भएको भिसा, राहदानी करार सम्झौताको प्रमाणित प्रतिपिलि, रोजगारदाताको राहदानीको प्रतिलिपि, घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा युएई आएको प्रमाण तथा विदामा स्वदेश गई पुनः वैदेशिक रोजगारमा र्फिदा साविककै रोजगारदाताकोमा जाने सुनिश्चिता हुने कागजात वा निस्सा सहित आवेदन दिन सुचित गरेको  यसले केहि वर्षयता घरेलु काममा पुनः श्रम स्वीकृति नपाइने भएका कारण वन्दीजस्तै भएर विदेशमा नै बस्न बाध्य नेपालीलाई राहत भएको   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय