सुपरभाइजरलाई कुटेर मारेको अभियोगमा दुई नेपाली सहित तीनजना पक्राउ

क्वालालम्पुर, भदौ २०- 

मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन ।

स्थानीय सञ्चार माध्यमका अनुसार ति नेपाली गार्डले तलव नपाएको झोंकमा हेल्मेटले कुुटेर मरणासन्न बनाएका ति सुपरभाइजर पछि मृत भेटिएका थिए । ति सुपरभाइजर ५४ वर्षिय लि पोह मेङ भएको बताइएको छ । ति व्यक्ति कर्मचारीको शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको सीसीटीभी फुटेजमा १ तारिख बेलुकी ६ बजेर  १० मिनेटमा ति नेपाली सुरक्षा गार्डले कुटपीट गरेका थिए । 

घटनापछि प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई घटना भएको अपार्टमेण्टबाट नै पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दुईजना नेपाली सुरक्षा गार्र्ड तथा एकजना सुरक्षा गार्ड व्यवस्थापक भएको बताइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय