
राजा बगर, दुबई, भदौ १९–
नेपाली समाज युएईको अधिवेशन शुक्रवार हुँदैछ । नयाँ नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा उत्रिईसकेका छन् । अध्यक्षका लागि मणि प्रसाद भुर्ते र गोविन्द ढकाल छन । पार्षद अध्यक्षमा राम बहादुर मोक्तान छन। उपाध्यक्षमा कमला भण्डारी, कमल गिरि, गणेश न्यौपाने र गोविन्द प्रसाद भट्टराई चार जना भिडेका छन।
यसैगरी महासचिवका लागि वेद प्रसाद अर्याल र लोकेन्द्र बहादुर बम चुनावी मैदानमा छन भने कोषाध्यक्षमा हरि प्रसाद चापागाई र दिपक राउतले उमेदवार दिएका छन।
सन् १९९० मा स्थापना भएको नेपाली समाज युएई, युएईकै सबैभन्दा बलियो र पुरानो सामाजिक सस्था हो। यस संस्थाले बिभिन्न कार्यकालमा सामाजिक कार्य गर्दै आएको थियो भने विगतका केहि बर्ष देखि यो सस्थाले सोचेजस्तो सफलता साथ सक्रिय हुन सकेको छैन ।
१४ औ अधिबेसन मार्फत नयाँ नेतृत्वका लागि अगाडी सरेका उम्मेदवारहरु अनुभवी र केहि विज्ञ छन् । युएईमा जिल्ला स्तरिय समाजहरुको धमाधम स्थापना भएदेखि नेपाली समाज युएई कमजोर बन्दै गएको हो। युएईमा ६ दर्जन जति नेपाली सधसस्थाहरु स्थापना भएका छन।
यो पनि पढ्नुहोस् मेनपावरको संख्या ८ सय ४८ मा झर्यो