जापानको रोजगारीः तय भयो शुल्क, भाषा र सीप परिक्षा

काठमाडौं, भदौ १७-

जापानले वर्कर भिसामा विदेशी श्रमिक लिने नीति अनुरुप नेपाली कामदार लैजाने प्रकृया औपचारिक रुपमा सुरु गरेको छ । यसका लागि परिक्षाको मिति, विषयवस्तु लगायत सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयले यस सम्वन्धि तालिका सार्वजनिक गरेको हो ।

पहिलो चरणमा जापानले नेपालीलाई लैजाने भनेको नर्सिङ केयरको परिक्षा नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म हुने तय भएको छ । 

जापानको रोजगारीम जान चाहनेहरुका लागि हुने सीप परिक्षा ६० मिनेटको हुनेछ जहाँ ४५ वटा प्रश्न हुनेछन् । त्यसमध्ये ४० प्रश्नको लिखित परिक्षा हुनेछ भनें प्रयोगात्मक परिक्षामा ५ वटा प्रश्न रहनेछन् । प्रयोगात्मक परिक्षा कम्प्यूटरको माध्यमबाट हुने मन्त्रालयले प्रष्ट पारेको छ । 

यसैगरी जापानी भाषा परिक्षा ३० मिनेटको हुने र १५ वटा प्रश्न हुने पनि मन्त्रालयले  जनाएको छ । भाषा परिक्षाका १५ प्रश्न तीन खण्डमा बाँडिएका हुनेछन् जहाँ हरेक खण्डमा ५ ५ वटा प्रश्न हुनेछन् ।

भाषा परिक्षाको शुल्क तथा र सीप परिक्षण दुवैको परिक्षा शुल्क १/१ हजार येन तोकिएको छ । नतिजा परिक्षा भएको एक महिना पछि हुने र उत्तिर्ण हुन न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपाल र जापानवीच यसअघि भएको सहकार्यको सहमति(एमओसी) अनुसार नेपाली कामदारले जापानमा जापानी नागरिक सरह सेवा सुविधा पाउनेछन् । त्यसैले जापानको रोजगारी नेपालीका लागि आकर्षक हुन सक्दछ । तर जापानको रोजगारीका लागि सीप र भाषा परिक्षा पास गर्नुपर्ने भएका कारण यसमा कुनै विचौलियाको भर भनें पर्नुहुन्न । थप जानकारी लिन यो वेभसाइटमा जानुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: