एनआरएनए युएईको नयाँ नेतृत्व

 

आरपी सहयात्री, युएई, भदौ ९-

गैरआवासीय नेपाली संघ, युएईको २०१९२१ को अध्यक्षमा  प्रकाश कोइराला चयन भएका छन् । निकै लामो बहस, आरोपप्रत्यारोप, छ्लफलपछि अन्ततः सहमतिमा कोइराला सर्वसम्मत रुपमा अध्यक्ष चयन भए । बर्दिया स्थायी घर भएका कोइराला प्रवासी नेपाली मञ्च, युएईका पूर्वअध्यक्ष हुन् ।

समितिको उपाध्यक्षमा पासाङ रेन्जी शेर्पा र निराजन सिलवालराजन खतिवडा सर्वसम्मत चयन भए । नेपाल आदिवासी जनजाति महासंघ, युएई शाखाका निवर्तमान अध्यक्ष शेर्पा जनजाति अधिकारको अभियन्ताका रुपमा युएईमा चिनिन्थे । हाल उनले आफूलाई सम्पूर्ण समुदायको नेतृत्वकर्ताका रुपमा आफूलाई रुपान्तरण गर्दै लगेका छन् । एक महिला उपाध्यक्ष र थप एक उपाध्यक्षको पद रिक्त रहेको छ, यसलाई केन्द्रीय समितिको बैठकले नियुक्त गर्ने परम्परा छ ।

महासचिवमा निश्चल दाहाल सहमतिमै चयन भएका छन् ।  दाहाल युएईको नेपाली सामाजिक गतिविधिमा परिवर्तनकारी, वाकपटु युवाका रुपमा परिचित छन् । झापाका स्थायी बासिन्दा दाहाल यसअघिको समितिमा महासचिव पदमा कृष्ण  पौडेलसँग पराजित भएका थिए ।

यसैगरी सचिवमा झापाका जीवन दास र चितवनका रमेश क्षितिज परियार चयन भए भनें कोषाध्यक्षमा विकास ठकुरी र सहकोषाध्यक्षमा फडिन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

युवा संयोजकमा चितवनकै मदन अधिकारी चयन भएका छन् । यसअघि दुबई क्षेत्रीय समन्वय परिषदका अध्यक्षसमेत रहेका अधिकारी युएईको नेपाली सामाजिक परिवेशमा प्रभावशाली  युवाको रूपमा परिचित छन् ।

महिला संयोजकमा पोखराकी शोभा शर्मा रहेकी छन् भने महिला सदस्यमा सरस्वती न्यौपाने चयन भए ।

यसैगरी समितिको केन्द्रीय सदस्यहरुमा सुशील खत्री क्षेत्री, शम्भू पोखरेल, मानवहादुर खाती,  वीरेन्द्र खड्का, सुजन सापकोटा, कृष्ण ठाकुर,  प्रकाश रायमाझी, कुमार कार्की, कमल मोहम्मद मिया, प्रकाश थापा, गोविन्द पराजुली र अमित पाण्डे रहेका छन् ।

क्षेत्रगत प्रतिनिधिका रुपमा एनआरएनए युएईको केन्द्रीय सदस्यमा सारजाबाट वीरेन्द्र नकर्मी, फुजेराबाट सेर सुनार, अलएनबाट राजन अधिकारी र अजमानबाट प्रकाश पोखरेल चयन भएका छन् ।

युएईबाट एनआरएनएको आइसीसी प्रतिनिधिका रुपमा ठाकुरप्रसाद ढुंगाना, राजु केसी, नेत्र शर्मा निर्विरोध चयन भएका छन् ।

एनआरएनए युएई २०१९२०२१ कार्यकालका क्षेत्रीय अध्यक्षहरु र सम्बन्धित क्षेत्रमा समितिहरु यसअघि नै सहमतिको आधारमा गठन भइसकेका छन् । 

अबुधाबीमा विश्वदेव शाह, दुबईमा भिम मल्ल ठकुरी,फुजेरामा काशीनाथ कार्की, सारजामा  सरोज अधिकारी, अजमानमा धनपती न्यौपाने, अलएनमा उज्ज्वल दाहाल र रास अल खेमामा सुरेस कुमार श्रेष्ठ क्षेत्रीय अध्यक्षका रूपमा  चयन भएका छन् । 

यो पनि पढ्नुहोस् नत्र कारवाही हुन्छ: मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: