उता श्रीमान पराई यता जीवन बचाईदिन याचना

 

पथरी, भदौ ६- 

मोरङ्गको पथरी शनिश्चरे ३ कि ३७ बर्षिय टीकादेवी राना मगर वैदेशिक रोजगारीका क्रममा वहराइन पुगिन् । घरको आर्थिक अवस्था सुधार्ने ध्येयले ४ वर्ष अघि वहराइन पुगेकी उनी फर्किदा दिर्घ रोग वोकेर फर्किनु पर्यो । श्रीमानसँगको खटपटले कमाउन विदेश पुगेकी उनी मृगौला रोगी भएर फर्केकी छन् । वहराइनमा हुँदा नै विरामी परेकी उनको नेपाल फर्केर अस्पतालमा जँचाएपछि थाहा भयो उनको मृगौला विग्रिएछ ।

त्यहि दिनबाट उपचार सुरु गरेकी उनले वहराइनमा वस्दा कमाएको सवै पैसा सकियो । त्यति मात्र होइन उनका माइती पक्षले दिएको पैसा पनि सकियो । वहराइन पुगेका उनका श्रीमान ३ वर्ष देखी टीकादेवीको सम्पर्कमा छैनन । झापा दमक  घर भएका उनका श्रीमान पनि वैदेशिक रोजगारीकै क्रममा उतै छन् । तर श्रीमतीलाई दुःख पीर पर्दा उनले पैसा पठाउन त के खोज खवर समेत गरेनन् । श्रीमती रोगी भएको थाह पाएपछि त वास्ता नै गर्न छोडे ।

यति वेला दुवै मृगौलाले काम गर्न छोडेर हप्ताको ३ पटक डाइलासिस गराइरहेकी छन टीकादेवी । अव मृगौला प्रत्यारोपण नै गर्नु पर्छ भनेर डाक्टरले भनिसकेका छन् । उनको यहि भदौ १५ गते सुमेरु अस्पताल, काठमाडौंमा मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । तर जीवनभरी साथ दिने बाचाकसमका साथ वैवाहिक बन्धनमा बाँधिएका श्रीमानले विरामी हुँदा समेत साथ छोडेपछि एक्लि भएकी टीकादेवीलाई प्रत्यारोपणको खर्च जुटाउन समस्या परेको छ ।

विदेशबाट कमाएर ल्याएको रकम, माइतले अंश स्वरुप दिएको जमिन र अन्य सम्पतीसमेत उपचारमा नै सकिए पछि यति वेला उनी आर्थिक संकटमा फसेकी छन् । भाई मृगौला दिन तयार भए पनि प्रत्यारोपणमा लाग्ने खर्चको अभावमा यतिबेला उनी अस्पतालको शैय्यामा छटपटाइरहेकी छन । मृगौला प्रत्यारोपण गर्न ६ लाख रुपैयाँ भन्दा बढी लाग्ने भएपछि उनको जीवन रक्षाको कामना गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ, पथरी शनिश्चरे नगर समितिले संयुक्त रुपमा अभियान सुरु गरेको छ ।

३७ वर्षिय टीकादेवीको आर्थिक अवस्था नाजुक भएका कारण उपचारमा समस्या भएकोले अभियान थालिएको टीकादेवि राना मगर वचाउ अभियानका संयोजक टंक मगरले जानकारी दिए । संयोजक मगरले मृगौलाको समस्याबाट पिडित टीकादेवि राना मगरको जीवन रक्षाको लागि सहयोग गर्न सम्पुर्णमा अपिल गरेका छन ।

टीकादेवि राना मगर वचाउ अभियानमा साथ दिन चाहनेले सिद्धार्थ बैंक पथरी शाखाको खाता नं ००७१५२०५५६६ मा स्वदेश तथा विदेशवाट रकम जम्मा गरि उनको उपचारमा सहयोग पुर्याउन अपिल गरिएको छ ।

यो पनि पढ्नुहोस् भिजिट भिसाको लुप होल रोक्न सरकार प्रयत्नशील

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: