भिजिट भिसाको ‘लुप होल’ रोक्न सरकार प्रयत्नशील

 

काठमाडौं, भदौ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भिजिट भिसामा देखिएको ‘लुप होल'(छिद्र) लाई रोक्न र नेपालीको रोजगारीलाई सुरक्षित बनाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । उनले विगतमा आजाद भिसाका नाममा देखिएको बेथिति रोक्न सरकारले गन्तव्य मुलुकमा रहेका नियोग मार्फत मागपत्र प्रमाणिकरण गर्ने व्यवस्था मिलाएको समेत बताए ।

संसदमा साँसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री ज्ञवालीले नेपाल सरकार आइएलओ महासन्धी तथा अन्तराष्ट्रिय मान्यता अनुरुप रोजगारीका लागि जाने नेपाली श्रमिकले कुनै शुल्क तिर्न नपर्ने अवस्था निर्माणका लागि सरकार प्रतिवद्द रहेको बताए । शुन्य लागतमा गएर राम्रो आर्जन गर्न र काम गर्ने ठाउँ पनि मर्यादित होस् भन्ने कुरामा सरकार सचेत रहेको भन्दै पछिल्लो समयमा यसमा धेरै सुधार आएको मन्त्री ज्ञवालीको तर्क थियो । 

बैदेशिक रोजगारबाट पठाइएको रेमिट्यान्सबाट मात्र मुलुकको उन्नती नहुने भन्दै मन्त्री ज्ञवालीले स्वदेशमा नै रोजगारीका अवसर वृद्दि गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम अगाडी बढाइएको उनले जानकारी गराए ।

यो पनि पढ्नुहोस् दशैंमा घर फर्किन पाउने आशामा खाडीमा कार्यरत घरेलु कामदार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: