घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने बाटो खुल्यो, अव सरकारी निर्णय आवश्यक

काठमाडौं, भदौ ४-

संसदिय समितिले वैधानिक रुपमा घरेलु काममा गएका तथा तोकिएको शर्त पुरा गर्नेहरुलाई पुनः श्रम स्वीकृति दिन बाटो खोलेको संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बुधवारको बैठकले यस्तो निर्णय गरेको हो यसले विगत लामो समयदेखि रोकिएको घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्न सरकारलाई सहज भएको

समितिले सम्बन्धित घरेलु कामदारले आफूसुरक्षितरहेको स्वघोषणा पत्र बनाएको कार्यरत मुलुकमा रहेको नेपाली दूतावासले पनि श्रम इजाजत नवीकरण गर्न सिफरिस गरेको कागजातका आधारमा श्रम स्वीकृति नवीकरण गर्न दिने निर्णय गरेको हो

समितिको निर्णय पश्चात अव सरकारले यसअघि लगाइएको प्रतिवन्ध खुल्ला गरेपछि तोकिएको शर्त पुरा गरेका घरेलु कामदारले पुनः श्रमस्वीकृति पाउनेछन् यस सोमवार मात्र सर्वोच्च अदालतले पुनः श्रम स्वीकृति खुल्ला गर्न किन अन्तरिम आदेश नदिने भन्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संसदीय समिति लगायतका नाममा कारण आदेश जारी गरेको थियो

तर वुधवारको संसदीय समितिको वैठकले नयाँ जानेहरुको हकमा भनें कुनै निर्णय गरेको छैन तसर्थ घरेलु काममा नयाँ जान चाहनेहरुले भनें यहि निर्णयका आधारमा कुनै फेरवदल हुनेछैन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: