काठमाडौं, भदौ ४-
अमेरिकी डलरको मूल्य बढेसँगै विदेशबाट नेपालमा पैसा पठाउनेहरुका लागि यो खुशीको खवर भएको छ । दशैं नजिकिंदै जाँदा अमेरिकी डलरको मूल्यमा भएको वृद्दिले नेपालमा रकम पठाउनेहरुलाई फाइदा हुनेछ । बुधवार १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैंया ४३ पैसा छ भनें विक्रिदर १ सय १५ रुपैंया ३ पैसा छ । केहि दिनयता डलरको भाउ हरेक दिन बढिरहेको छ ।
विदेशबाट रकम पठाउँदा नेपालमा हुने व्यक्तिले पाउने रकम धेरै हुने भएपनि समग्रमा मुलुकका लागि भनें डलरको मूल्य वृद्दिले घाटा हुन्छ । यसले व्यापार घाटालाई बढाउँछ । विदेशबाट भित्रिने सामानको मूल्य वृद्दि हुन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ४३ पैसा र विक्रि दर ३१ रुपैंयाँ ५९ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया ५१ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ६७ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३१ रुपैंया १५ पैसा तथा विक्रि दर ३१ रुपैंया ३२ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५० पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७६ रुपैंया ११ पैसा छ भनें विक्रि दर ३७८ रुपैंयाँ ८ पैसा छ । बहराइन दिनारको खरिद दर ३०३ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर ३०५ रुपैंयाँ १२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।