विदेशमा कमाउन नसकेका हरिराम स्वदेशकै कमाईमा सन्तुष्ट

काठमाडौं, साउन ३१- 

रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर स्वदेफ फर्किएपछिको काम र कमाईबाट सन्तुष्ट छन् । त्यस्तै युवा हुन् रामेछापका हरिराम कार्की ।

हरिराम कार्की रोजगारीका लागि मलेशिया गएका थिए । तर उनले त्यहाँ नेपालमा भनिए अनुसार काम, तलव नपाएपछि वीचमै उनी नेपाल फर्किए । अहिले आफ्नै ठाउँमा व्यवसायीक खेतीमा संलग्न उनी आफ्नो काम र त्यसबाट भइरहेको कमाईबाट निक्कै सन्तुष्ट छन् । देश परदेशसँग उनले भनेका कुरा उनकै शव्दमाः   

म बैदेशिक रोजगारका लागि पहिले मलेसिया गएको थिएँ । विदेशमा राम्रो कमाई हुन्छ भन्ने सुनेर म त्यहि धेरै कमाउने आशमा त्यहाँ पुगेको थिएँ । तर म त्यहाँ १८ महिना भन्दा धेरै बस्न सकिन । मलाई दलालले यहाँ जे भनेर पठाएको थियो मलेसियामा त्यो तलव, काम, सेवा, सुविधा केहि पाइन । तीन बर्षको लागि कमाउन भनेर गएको मान्छे बीचमै म फर्किनु पर्यो ।

म मलेसियाबाट फर्किएपछि व्यवसायीक रुपमा तरकारी खेतीमा लागें । विदेशमा त अर्काले भने अनुसार, उसले खटाए अनुसार काम गर्नु पर्दछ । त्यो विदेशमा गर्नुपर्ने दुःख देखेपछि आखिर दुःख नै गर्नुछ भनें किन आफ्नै देशमा नगर्ने भन्ने लागेर मैले नेपाल फर्केर तरकारी खेती गर्न थालेको हुँ ।

यसरी तरकारी खेती गर्न थालेपछिको मुख्य कुरा त आत्मसन्तोष भयो । विस्तारै सिक्दै गएँ जसले मेरो आम्दानी पनि बृद्धि हुँदै गयो । विदेशमा हुने कमाई भन्दा त कहाँ हो कहाँ धेरै हुन थाल्यो । अर्को कुरा नेपालमा हुँदा आफ्नो परिवार आफैंसँग भयो । यो धेरै ठूलो कुरा हो जुन हामी विदेश जानेले अनुभव गर्दछौं ।

विदेशले मलाई गरेदेखि जहाँ पनि कमाई हुन्छ भन्ने कुरा सिकायो । नगरी त जहाँ पुगेपनि केहि हुन्न रहेछ भन्ने सिकाएको छ । तरकारी खेतीले आर्थिक रुपमा पनि राम्रो भएको छ । सवै खर्च कटाएर म बार्षिक रुपमा ६(७ लाख कमाइरहेको छु । यो भनेको मासिक सरदर ५० हजार भन्दा माथि नै हो । तरकारी बेच्न कहिले काहिं केहि समस्या पर्छ नत्र खास समस्या छैन ।

कतिपयले भन्छन् किसानको काम दुःखको हुन्छ भनेर । तर मेरो अनुभवमा चाहिं विदेशको काम भन्दा नेपालमा खेतीपाती गर्नु धेरै सुखको काम हो । यहाँ त आफ्नो समय अनुकुल पारेर काम गर्न पाइन्छ । विदेशमा त्यस्तो हुन्न । 

म हाम्रा दाजुभाई दिदी बहिनीहरुलाई भरसक विदेश नजानुस् भनेर सल्लाह दिन्छु । यदि जानु नै हुन्छ भनें त्यहाँको कम्पनी, त्यसको सेवा, सुविधा बुझेर त्यहि अनुसारको सीप सिकेर, थोरै भएपनि भाषा जानेर जानुस् भन्ने सल्लाह दिन्छु । तर फेरी पनि मेरो सल्लाह, कसैले भनेको भरमा विदेश नदौडौं, विदेशको भन्दा धेरै कमाई नेपालमा नै हुन्छ ।

यो पनि पढ्नुहोस् फ्रि भिसा, फ्रि टिकट गफ मात्रै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: