कतारमा आक्रमणमा एक नेपालीको मृत्यु, दुई घाइते 

दोहा, साउन २९-

कतारको दोहामा साउन २८ गते जैदा पार्कमा नेपाली नागरिकमाथि भएको आक्रमणमा परी एकजना नेपालीको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । यसका बारेमा मंगलवार देखि नै हल्ला भएपनि दोहास्थीत नेपाली  दूतावासले विज्ञप्ती जारी  गर्दै घटनाको पुष्टि गरेको हो ।

दूतावासद्दारा जारी विज्ञप्तीमा घटनामा परी सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको जनाइएको छ । उनको शव हमाद अस्पतालको शव गृहमा रहेको छ ।

घटनामा घाइते भएका मध्ये ईव्राहिम अन्सारी र नौसाद अन्सारी भनें उपचारपछि खतरामुक्त रहेको जनाइएको छ । सो घटनामा पक्राउ परेका अकवर मिया र महसुद अन्सारीलाई दूतावासको पहलमा प्रहरी हिरासतबाट मुक्त भएका छन् ।

घटनामा संलग्न मध्ये केहिलाई कतार प्रहरीले पक्राउ गरेको जनाइएको छ । नेपालीलाई वंगलादेशी नागरिकहरुले आक्रमण गरेको बताइएपनि दूतावासले भनें यस बारेमा केहि उल्लेख गरेको छैन । 

यो पनि पढ्नुहोस कुन मेनपावर कम्पनी ठिक, कुन बेठिक आफैं हेर्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय